२२ असार २०८३, सोमबार

ब्राजिलका राष्ट्रपतिलाई क्वारेन्टीनमा बस्दा ठुंग्यो चराले

असार ३१, २०७७
ब्राजिलका राष्ट्रपतिलाई क्वारेन्टीनमा बस्दा ठुंग्यो चराले

ब्राजिलका राष्ट्रपति जाइर बोल्जोनारोलाई कोरोनाभाइरस पोजिटिभ देखिएपछि क्वारेन्टीनमा बस्दै गर्दा अस्ट्रिच जस्तै देखिने रिया चराले ठुंगेको छ । 
 

आल्भोरादा प्यालेसमा बसिरहेका बोल्जोनारोले त्यहाँ बस्दा कष्ट सहनुपरेकाले छिट्टै काममा फर्किन चाहेका छन् । 

स्थानीय अन्लाइन पत्रिका मेट्रोपोल्सका अनुसार, क्वारेन्टीमा बस्दा बोल्जोनारोलाई रियाले ठुंगेको हो । पत्रिकाले फोटो समेत शेयर गरेको छ । 

उनले रिया चराहरूलाई खाना खुवाएको देखिन्छ । त्यसैक्रममा सोमवार एउटा चराले उनलाई ठुंगेको हो । 

महामारी शुरू भएदेखि नै सामाजिक दूरीका नियमहरू पालन नगरेका अनि मास्क समेत लगाउन नमानेका बोल्जोनारोलाई कोरोना लागेपछि क्वारेन्टीनमा बस्नुपरेको थियो । 

‘म घरमा थुनिएर यसरी बसिरहन सक्दिनँ । यो अत्यासलाग्दो छ,’ उनले सीएनएन ब्राजिलसँग फोनमा कुरा गर्दै भने । नयाँ परीक्षण गरेर सञ्चो महसूस गरेमा काममा फर्किने उनको योजना छ । 
 

रियाले बोल्जोनारोलाई टोकेपछि उनका आलोचकहरू खुशी भएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्