
पाकिस्तानको ऊर्जा कम्पनी एमओएल ग्रूपले खैबर पख्तुनख्वाको कोहत जिल्लामा तेल र ग्यासको भण्डार फेला परेको घोषणा गरेको छ । यसले पाकिस्तानको ऊर्जा आयातको मात्रा घटाउने अपेक्षा गरिएको छ ।
‘पाकिस्तानमा अर्को कुरा पत्ता लगाएको घोषणा गर्न पाउँदा म खुशी छु,’ एमओएल ग्रूपका बेरिस्लाभ गासोले भने । ‘यसले देशभित्रैका स्रोतबाट ऊर्जा सुरक्षा गर्न सक्छ,’ उनले भने ।
एमओएलले पाकिस्तानमा २१ वर्षदेखि काम गरिरहेको छ र १३ वटा तेल, ग्यास तथा कन्डेनसेट डिस्कभरी गरेको छ ।
आँकडा हेर्दा पाकिस्तानले सन् २०२० को मार्च महिनामा प्रतिदिन ८५ हजार ब्यारल तेल उत्पादन गरेको थियो ।
देशमा तेलको मागको ८० प्रतिशत पूर्ति आयातबाटै हुन्छ ।
अनि उसले प्रतिदिन लगभग चार अर्ब क्युबिक फीट ग्यास उत्पादन गर्छ जबकि उसलाई सात अर्ब क्युबिक फीट आवश्यक पर्छ ।
बाँकी ग्यास उसले आयात गर्छ ।
पाकिस्तान तथ्यांक विभागका अनुसार, देशले गत जुन महिनामा ९.८ अर्ब डलर बराबरको इन्धन आयात गरेको थियो ।