२७ असार २०८३, शनिबार

टुटल र पठाओमाथि महालेखाले उठायो प्रश्न

टुटल र पठाओमाथि महालेखाले उठायो प्रश्न

महालेखा परीक्षकको कार्यालयले  टुटल र पठाओ जस्ता सवारीसाधन पञ्जिकृत गरेर सञ्चालन गर्ने व्यवस्था मिलाउन भनेको छ।

महालेखा परीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको ५७औं प्रतिवेदनमा यातायात व्यवस्था विभागमा पञ्जिकृत भई सञ्चालन गर्नुपर्ने यस्ता सेवा पञ्जिकृत नभएको भन्दै प्रश्न उठाइएको छ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ९३ मा यातायात सेवाको नाम विभागमा पञ्जिकृत नगरी सार्वजनिक सवारी यातायात सेवा सञ्चालन नहुने व्यवस्था छ।

प्रतिवेदनमा भनिएको छ,  ‘हाल उपत्यकामा सञ्चालन भइरहेका पठाओ र टुटलजस्ता यातायात सेवा विभागमा पञ्जिकृत नगरी सञ्चालन भएको देखियो। ‘यस्ता सवारीसाधन पञ्जिकृत गरी सञ्चालन गर्ने व्यवस्था मिलाउनुपर्दछ।’ 

salt training

कमेन्ट गर्नुहोस्