०५ असार २०८३, शुक्रबार

सशस्त्र प्रहरीका एसएसपी पक्राउ, खाना खान बोलाएर बलात्कार गरेकाे आराेप

असार ३१, २०७७
सशस्त्र प्रहरीका एसएसपी पक्राउ, खाना खान बोलाएर बलात्कार गरेकाे आराेप
प्रतिकार्यात्मक तस्वीर।

बलात्कारको आरोपमा सशस्त्र प्रहरी बल हुल तथा दङ्गा व्यवस्थापन शिक्षालय लामापाटनका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्रकुमार अधिकारी पक्राउ परेका छन्। 

बुधबार दिउँसो २ः३० बजे कास्की प्रहरीको कन्ट्रोल रुममा एक महिलाले आफूमाथि बलात्कार सम्बन्धमा मौखिक उजुरी गरेकी थिइन्। कास्की प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले कन्ट्रोल रुममा घटनाको बारेमा जानकारी आए लगत्तै कास्की प्रहरी परिचालन भएर अधिकारीलाई पक्राउ गरेको जानकारी दिए।  

नायब उपरीक्षक हमालका अनुसार अधिकारीलाई लामापाटन तालीम केन्द्र परिसरबाटै पक्राउ गरिएको हो। चितवनकी अन्दाजी ३० वर्षीय महिलालाई अधिकारीले आफ्नै क्वाटरमा खाना खान बोलाएको र उक्त हर्कत गरेको हुनसक्ने प्रारम्भिक बयानबाट देखिएको छ। 

बलात्कार आरोपमा पक्राउ परेका अधिकारी मङ्गलबार मात्र प्रहरी प्रधान कार्यालय कार्य तथा सीमा सुरक्षा विभागमा सरुवा भएका थिए। साउन १ गते तोकिएको ठाउँमा हाजिर हुनु एक दिन अघि बलात्कार जस्तो जघन्य अपराधमा उनी मुछिएका छन्। 

उक्त घटनामा महिलाले लिखित जाहेरी दिएको घटनाको बारेमा अनुसन्धान भइरहेको प्रवक्ता हमालले जानकारी दिए।

salt training

कमेन्ट गर्नुहोस्