काठमाडौं, ८ पुस – फोर्ब्स म्यागेजिनले सन् २०१६ मा सबभन्दा धेरै कमाउने सेलिब्रिटीहरूको सूची जारी गरेको छ । सूचीमा सलमान खान शीर्ष स्थानमा छन् ।

फोर्ब्सका अनुसार यो वर्ष सलमानले लगभग चार अरब रुपैयाँ कमाए । यस हिसाबमा उनले हरेक घन्टा करीब पाँच लाख रुपैयाँ कमाएका हुन् ।
सन् २०१६ मा सलमानको फिल्म सुल्तानले सर्वाधिक धेरै कमाइ ग–यो । यसमा शीर्ष भूमिका निर्वाह गरेर सलमानले धेरै कमाइ गर्न पाए ।
शाहरुख खान भने सूचीको दोस्रो स्थानमा छन् । अघिल्लो वर्ष पहिलो स्थानमा रहेका शाहरुख यस वर्ष भने खस्किएका छन् ।
सर्वाधिक कमाइ गर्नेमा क्रिकेटर विराट कोहली तेस्रो स्थानमा छन् । कोहलीले यो वर्ष लगभग अढाई अरब रुपैयाँ कमाए ।
आमिर खान यसपालि यो सूचीमा छैनन् । प्रियंका चोपडा भने सूचीको आठौं स्थानमा छिन् ।
दैनिक भास्कर