१० असार २०८३, बुधबार

स्थायी कमिटी बैठक स्थगित गरेर नेकपाले बोलायो सचिवालय बैठक

स्थायी कमिटी बैठक स्थगित गरेर नेकपाले बोलायो सचिवालय बैठक
फाइल फोटो

स्थायी कमिटी बस्न नसकेर लगातार स्थगित भइरहेका बेला नेकपाले सचिवालय बैठक बोलाएको छ ।

असार १० गतेबाट शुरू भएको स्थायी कमिटी बैठक असार १८ गते यता बस्न नसकिरहेको अवस्थामा नेकपाले शनिवार बस्ने गरी सचिवालय बैठक बोलाएको हो ।

बैठक शनिवार दिउँसो ३ बजेका लागि बोलाइएको नेकपाका एक सचिवालय सदस्यले जानकारी दिए ।

यसअघि शुक्रवार बिहान ११ बजेका लागि बोलाइएको स्थायी कमिटी बैठक ३ बजेका लागि सरेर पर्सि आइतवारसम्मका लागि स्थगित भएको थियो ।

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल समूहको माग तथा राजीनामा नदिने ओलीको अडानका कारण नेकपामा सहमति जुट्न सकिरहेको छैन ।

अध्यक्षद्वयबीच सहमतिको प्रयासका लागि भन्दै स्थायी कमिटी बैठक असार १८ गतेदेखि स्थगित हुँदै आएको छ ।

साउन १० गते शुरू स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरिएपछि नेकपाभित्रको विवाद बल्झिएको थियो ।

ओली र प्रचण्डबीच शुक्रवार पनि छलफल भएको थियो ।

यसअघि बुधवार संक्षिप्त भेट भएको थियो भने बिहीवार माधवकुमार नेपालसहित तीन नेताबीच लामो छलफल भएपनि कुनै सहमति जुट्न सकेको छैन ।​

salt training

कमेन्ट गर्नुहोस्