०९ साउन २०८३, शनिबार

अर्काको एटीएम प्रयोग गर्दा शुल्क लाग्ने बैंकहरूको निर्णय उल्टियो, कोरोना अवधिभर लिन नपाइने

अर्काको एटीएम प्रयोग गर्दा शुल्क लाग्ने बैंकहरूको निर्णय उल्टियो, कोरोना अवधिभर लिन नपाइने

नेपाल राष्ट्र बैंकले कोरोनाभाइरस (कोभिड- १९) को असर कायम रहेसम्म बैंक तथा वित्तीय संस्थाहरूको एटीएमको अन्तरआबद्धतालाई निरन्तरता दिने भएको छ ।

आर्थिक वर्ष २०७७/०७८ को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिड- १९ को असर रहेसम्मका लागि एउटा बैंकको कार्ड प्रयोग गरी अर्को बैंकको एटीएम मेसिनबाट पैसा झिक्दा अतिरिक्त शुल्क नलाग्ने व्यवस्थालाई निरन्तरता दिने घोषणा गरेका हुन् ।

'बैंक तथा वित्तीय संस्थाका एटीएमको कारोबारबीच अन्तरआबद्धता हुने व्यवस्था गरिनेछ । कोभिड– १९ को असर रहेसम्मका लागि एक संस्थाको एटीएम कार्ड अर्को संस्थाको एटीएममा प्रयोग गरेमा शुल्क नलाग्ने व्यवस्था मिलाइने छ,' मौद्रिक नीतिमा भनिएको छ ।

कोरोना संकटकाबीच लागू भएको यो व्यवस्था बैंक तथा वित्तीय संस्थाहरूले आजकै मितिबाट हटाउने घोषणा बिहीवार मात्र गरेका थिए । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत त्यसलाई उल्ट्याइदिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्