
राष्ट्रिय सभाका पूर्वसदस्य एवं भूतपूर्व सैनिक संघका संस्थापक अध्यक्ष मेजर दीपक गुरुङको निधन भएको छ।
काठमाडौं नर्भिक अस्पतालमा उपचारकाे क्रममा उनको ८४ वर्षको उमेरमा शुक्रबार निधन भएको परिवारजनले जनाएको छ।
कास्कीको मादी गाउँपालिका वडा २, ताङतिङ स्थायी बसोबास भएका गुरुङ लामो समयदेखि मधुमेह, उच्च रक्तचाप रोगबाट पीडित थिए
कांग्रेस नेता गुरुङका श्रीमती, दुई छोरा र चार छोरी छन्।