
औषधि बनाउने कम्पनी जायडस क्याडिलाले सन् २०२१ फ्रेबअरी-मार्चसम्म काेराेना भाइरसविरुद्धको खाेपकाे क्लीनिकल ट्रायल पूरा गर्ने जनाएकाे छ।
समाचार एजेन्सी राेयटर्सका अनुसार कम्पनीका अध्यक्ष पंकज पटेलले सबै ठीकठाक रहेमा कम्पनी एक वर्षकाे अवधिमा खाेपकाे १० कराेड डाेज बनाउन सक्छ।
यदि ट्रायलकाे क्रममा डेटा एनकरेजिंग भएमा खाेप बन्न लाग्ने भनिएकाे सात महिनाभन्दा अझ समय थप हुनेछ।
क्याडिला जेडआइसीओभी-डी नामक कोरोना खाेप बनाउदैछ।
कम्पनीले आगामी तीन महिनामा पहिलाे र दाेस्राे चरणकाे ह्युमन ट्रायल पूरा हुने लक्ष्य लिएकाे छ।