१४ असार २०८३, आइतबार

नेकपा सचिवालय बैठक दिउँसो ३ बजे बस्दै

साउन ३, २०७७
नेकपा सचिवालय बैठक दिउँसो ३ बजे बस्दै
फाइल फोटो

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक शनिवार अपराह्न ३ बजे बस्ने भएको छ ।

प्रधानमन्त्री निवास वालुवाटारमा बैठक बस्ने नेकपा प्रचार तथा प्रकाशन विभागका उपप्रमुख सूर्य थापाले जानकारी दिए ।

पार्टीभित्र देखिएको विवाद समाधान र समसामयिक राजनीतिबारे बैठकमा छलफल हुने उनले बताए । नेकपाले स्थायी कमिटी बैठक स्थगन गरेर शनिवार सचिवालय बैठक बोलएको हो ।

गत असार १० गतेबाट जारी रहेको नेकपाको पाँचौ स्थायी कमिटी बैठक पार्टीको आन्तरिक विवाद मिलाउन पटक–पटक स्थगन हुँदै आएको छ । शुक्रवार डाँकिएको स्थायी कमिटी बैठक आइतवारसम्मका लागि स्थगन गरिएको छ ।

प्रचार विभाग उपप्रमुख थापाले सचिवालय बैठकअघि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता हुने बताए ।

salt training

कमेन्ट गर्नुहोस्