×

NMB BANK
NIC ASIA

बाल प्रतिभा

प्रतिभाशाली ८ वर्षीया प्रेन्सा : यूट्युबमा बाँड्छिन् ज्ञान, गरीबलाई कापीकलम दान

साउन ३, २०७७

NTC
Premier Steels

उमेरले सानी तर प्रतिभा अनेक । पोखराकी प्रेन्सा रेग्मी ८ वर्षकी भइन्, ३ कक्षामा पढ्छिन् । उनको बहुप्रतिभा लकडाउनको बेलामा निकै खुलेर आयो ।

Muktinath Bank

विद्यालय जानबाट वञ्चित उनीजस्तै बालबालिका प्रेन्साको प्रस्तुति एवं सहयोगी भावबाट प्रेरित बन्ने गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तपाईं पोखरा महानगरपालिका–१७ बिरौटा पुग्नुभयो भने प्रेन्सालाई मास्क बेचिरहेको भेट्नुहन्छ । उनले केही हप्तायता आफ्नो घर नजिकै चौतारोमा बसेर मास्क बेच्ने गरेकी छन् ।


Advertisment
Nabil box
Kumari

कोरोना भाइरस (कोभिड–१९) संक्रमण जोखिम न्यूनीकरणका सर्वसाधारणलाई मास्क बेचेर बचेको पैसा उनले सामाजिक सेवामा लगाउँछिन् । सरकारले पनि यतिखेर मास्क विना घरबाहिर ननिस्कनू भन्ने उर्दी जारी गरेपछि मास्क अनिवार्य साधन बनेको छ ।

Vianet communication

आयआर्जन कम रहेका परिवारका आफूजस्तै उमेरका साना भाइबहिनीको लागि उनले बचत रकम सहयोग गर्ने गरेको बताइन् । प्रेन्साले भनिन्, ‘कोरोनाले धेरै जनालाई दुःख भएको छ । कति धेरैले आफूले चाहेको बेलामा खान पाउनुभएको छैन । कापीकलम किताब किन्न पाउनुभएको छैन । उहाँहरूलाई हेल्पको लागि मैले यस्तो काम गरेकी हुँ ।’

दह्रिलो आत्मविश्वास बोकेकी उनले अगाडि भनिन्, ‘काम गरेर खान के को लाज ? चोर्नु ढाट्नु त भएन । सबै जनालाई सानोठूलो नभनी काम गरे देशको उन्नति हुन्छ ।’ 

उनका बुवाआमा बिरौटामै स्टेसनरी चलाउँछन् । अघिल्लो वर्षदेखि सञ्चालित स्टेसनरीको नाम ‘नमस्ते पोखरा स्टेसनरी’ हो । उनका बुवाको नाम रामकृष्ण रेग्मी र आमाको नाम जयन्ती रेग्मी हो । प्रेन्साका एक दाइ छन्, उनको नाम प्रोगेस हो ।

घरनजिकैको शिशु निकेतन स्कूलमा ३ कक्षमा पढ्ने विद्यार्थी प्रेन्सा पढाइमा पनि अब्बल छिन् । सधैं ‘टप टेन’भित्रै पर्छिन् । अतिरिक्त क्रियाकलाप गर्न भनेपछि हुरुक्कै हुने उनी विशेषगरी अभिनय गर्न रुचाउने गरेको विद्यालयका शिक्षकको अनुभव छ । 

विद्यालयको आधारभूत तह संयोजक खीमकुमारी शर्माले केही महिनाअघि मात्र उनको क्षमताबारे भेउ पाइन् । कोरोना महामारी आउनुअघिको कुरा हो, विद्यालयमा पढाइका अलावा नियमितरुपमा अतिरिक्त क्रियाकलाप हुँदै थियो । कक्षाका करीब १२० जना विद्यार्थीलाई आफूले जानेको क्रियाकलाप गर्न अह्राइयो । तीमध्ये कतिपयले नाचे, केहीले गीत गाए, कतिपयले पेन्टिङ गरे भने केहीले भाषण कला प्रस्तुत गरे तर अभिनय रोजेकी प्रेन्साले समसामयिक विषयमा गरेको क्यारिकेचरले सबै जनाको ध्यान खिच्यो । त्यतिबेला सबै जनाले उनको कलाको जादु देख्ने मौका पाए । 

त्यसले अझ प्रस्फूटन हुने अवसर पायो, लकडाउनको फुर्सदिलो समयमा । कोरोना भाइरस महामारीका न्यूनीकरणका लागि जारी लडडाउनले घरभित्रै खुम्चिनुपर्दा समय पर्याप्त हुने । प्रेन्साले पनि दाजु र बुवाको सहयोगमा मोबाइलमा विभिन्न भिडियो खिचेर फेसबूकमा पोस्ट्याउन थालिन् । बाल अभिनय यूट्युबमा अपलोड भयो भने टिकटक पनि बन्दै गयो ।

मुलुकको पछिल्लो राजनीति, कोरोना भाइरस महामारी, नेपाल–भारत सीमा विवाद, वैदेशिक रोजगारी, गाउँघरमा बाँझो बन्दै गएको खेतबारी, दुःखी, गरीब र मजदुरको पीडा व्यंग्यात्मक शैलीमा भिडियो बन्दै गए । सरोकारवालालाई समेत घच्घच्याउनेखालका उनका भिडियो आफन्त, साथी, विद्यालयका गुरु वर्ग, इष्टमित्र तथा छरछिमेकले धमाधम शेयर गर्न थाले । मानौं उनी भाइरल भइन् ।

म्याग्दीको मंगला गाउँपालिका स्थायी घर भएका रेग्मी परिवार छोरीको प्रतिभा देखेर दंग छ । बुवा रामकृष्णले युट्युबमा ‘प्रेन्सु अफिसियल’ नामक च्यानल खोलिदिएका छन् ।

लामो खालको अनुच्छेद पनि नहेरीकन प्रस्ट बोलीमा भन्न सक्ने उनको विलक्षण क्षमता छ । लकडाउनकै बेलामा २ कक्षा उत्तीर्ण भइ ३ पुगेकी उनले आफ्नो कक्षाका विषय भिडियोमार्फत अरु साथीलाई पढाउने गरेकी छन् । अंग्रेजी, गणित, विज्ञान, नेपाली लगायतका मुख्य–मुख्य विषय उनले एकचरण पढेर भ्याइसकेको बताइन् । सबै उनलाई कण्ठस्थ आउने गरेको उनका पिता रामकृष्णको दाबी गरे ।

सानै उमेरदेखि नै फरक क्षमता देखेका उनी छोरीले भविष्यमा लय समात्नेमा ढुक्क छ । लकडाउनका बेला घरमा बस्नुपर्दा छोरीको कला अझै निखार आएको देखेका उनले हरेक भिडियो शेयर गरेर सहयोग गर्छन् । छोरीको कला देखेर केही मिडिया पनि खोज्दै आएको उनले बताए । 

आमा जयन्ती. पनि सानैदेखि प्रेन्साको स्वभावबारे पूरापूर जानकार छिन् । भनिन्, ‘छोरीको आफूले मात्र नखाने अरुलाई पनि केही दिन पाए हुन्थ्यो भन्ने स्वभाव छ । निकै ज्ञानी र बुझक्की छ । दोस्रो सन्तानको रुपमा यति राम्री छोरी पाएकोमा निकै खुशी छु ।’ 

मास्क बेचेपछि बचत भएको रकमबाट प्रेन्साले सानो उमेरका १० जना बढीलाई पढाइको लागि आवश्यक स्टेसनरी सामग्री सहयोग गरिसकेकी छन् । केही दिनअघि उनले सर्वसाधारणलाई वितरण गर्ने गरी प्रहरीलाई समेत मास्क हस्तान्तरण गरिन् । घरबाहिर निस्कँदा विना मास्क हिँड्नेलाई पोखरामा प्रहरीले समातेर जरिवाना लिन थालेपछि कारबाहीमा परेकाहरूलाई वितरण गर्न मास्क दिएको प्रेन्साले बताइन् । 

आमा जयन्तीले स्टेसनरीमा प्रेन्सा स्टल समेत बनाएकी छन् । कसैलाई कापी किन्ने पैसा नभए फ्रीमै लैजान सकिने सूचना समेत टाँसेकी छन् । सानैदेखि अरुलाई सहयोग गर्न रुचाउने यी प्रतिभाशाली प्रेन्सा बालबालिकामाझ उदाहरणीय बनेकी छन् ।

भविष्यमा के बन्ने भन्ने जिज्ञासामा उनको सटिक जवाफ छ, ‘देशको लागि जे आवश्यक पर्छ, त्यही बन्छु ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x