०९ असार २०८३, मंगलबार

इन्टरनेसनल स्कूलका भूपू विद्यार्थीले गरे क्वारेन्टीनमा सहयोग

इन्टरनेसनल स्कूलका भूपू विद्यार्थीले गरे क्वारेन्टीनमा सहयोग

कञ्चनपुरको महेन्द्रनगरस्थित इन्टरनेसनल पब्लिक स्कूलमा २०५९ सालमा अध्ययन गरेका भूतपूर्व विद्यार्थीको संगठनले विभिन्न क्वारेन्टीनमा सहयोग गरेको छ ।

विद्यार्थीको सक्रियतामा संकलित सहयोग रकमबाट मास्क, स्टानिटाइजर, पानी, फलफूल, चाउचाउ खरिद गरेर भीमदत्त नगरपालिका क्षेत्रका विभिन्न क्वारेन्टीनमा सहयोग गरिएको हो ।
 
शुक्रवार भीमदत्त नगरपालिका–१५ लक्ष्मी मावि र वडा नम्बर ४ स्थित बैजनाथ माविमा ४२ जनालाई सहयोग वितरण गरिएको इन्टरनेसनलका भूपू विद्यार्थी प्रमोद श्रेष्ठले बताए । ‘हामी विद्यार्थीले यसअघि असारमा समेत सहयोग गरेका थियौं र अझै सहयोगलाई निरन्तरता दिन्छौं,’ उनले भने ।

क्वारेन्टीनमा नगरपालिकाका १८, ४, १०, १९, ३, ६, ७ र १५ नम्बर वडाका व्यक्तिहरू रहेका श्रेष्ठले बताए । उनका अनुसार भूपू विद्यार्थी संगठनमा आवद्ध स्वदेश तथा विदेशमा रहेका व्यक्तिहरूले सहयोग गरेका छन् ।

क्वारेन्टीनमा सहयोगका लागि भूपू विद्यार्थी आफूसहित गणेश कठायत, हरेन्द्र सिनाल, प्रज्वल स्वार, प्रवेश स्वार, भरत कठायत, इन्द्रमणि भण्डारी, लविश चन्द, बिना जोशी चन्द, कल्पना भण्डारी, आनन्द सापकोटा, पारस जोशी, भुवन सिंह, पुष्कर पालले आर्थिक सहयोग गरेका श्रेष्ठले बताए ।

salt training

कमेन्ट गर्नुहोस्