०८ असार २०८३, सोमबार

बालुवाटारमा शुरू भयो नेकपा सचिवालय बैठक

बालुवाटारमा शुरू भयो नेकपा सचिवालय बैठक
फाइल फोटो

पार्टीभित्र देखिएको विवाद समाधानको प्रयास स्वरुप सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक बालुवाटारमा शुरू भएको छ । 

स्थायी कमिटी बैठक स्थगित गरेर सहमतिको प्रयासका लागि भन्दै सचिवालय बैठक बस्न लागेको हो । 

असार १० गतेदेखि शुरू भई पटक–पटक स्थगित हुँदै आएको सचिवाल बैठक आइतवारसम्मको लागि सारेर सचिवालय बैठक बसेको छ । सचिवालय बैठकअघि प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच शनिवार छलफल भएको छ ।

असार १० गते शुरू स्थायी कमिटी बैठकले निकास दिन नसकेपछि नेकपाभित्र केन्द्रीय कमिटी बैठक बोलाउने तयारी भएको थियो । केन्द्रीय समितिमा लैजानुभन्दा सचिवालय बैठकमार्फत निकास खोज्न भन्दै शनिवारका लागि सचिवालय बैठक बोलाइएको हो । 

पछिल्ला दिनमा भएका औपचारिक र अनौपचारिक छलफलबाट नेताहरू सहमति नजिक पुगेकाले सचिवालय बैठक राखिएको नेकपा स्रोतले बतायो । अध्यक्ष प्रचण्ड लगायत सदस्यहरूले प्रधानमन्त्रीबाट ओलीले राजीनामा दिनुपर्ने माग राखेपछि नेकपा भित्रको विवाद बल्झिएको थियो ।

सचिवालय बैठकमा ओली, प्रचण्ड लगायत ९ जना सदस्य उपस्थित छन् । 

salt training

कमेन्ट गर्नुहोस्