०९ असार २०८३, मंगलबार

नेकपा सचिवालय बैठक २ घण्टादेखि बालुवाटारमा जारी

नेकपा सचिवालय बैठक २ घण्टादेखि बालुवाटारमा जारी

पार्टीभित्र देखिएको विवाद समाधानको प्रयासस्वरुप नेकपा सचिवालयको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।

दिउँसो करीब सवा ३ बजेदेखि सचिवालय बैठक जारी छ ।

आइतवार बस्ने स्थायी कमिटीको बैठकको पूर्वसन्ध्यामा सचिवालय बैठक बसिरहेको हो । सचिवालय बैठकअघि अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच शनिवार २ घण्टा छलफल भएको थियो ।

असार १० गते शुरू भएको स्थायी कमिटी बैठकमा प्रचण्ड लगायतका नेताले ओलीको राजीनामा माग गरेपछि नेकपा विवाद उत्कर्षमा पुगेको थियो । पछिल्ला दिनमा लगातार भएका छलफलबाट सहमति नजिक पुगिएको नेकपाका दोस्रो तहका नेताहरूले बताएका छन् ।

स्थायी कमिटीले निकास दिन नसकेको भन्दै केन्द्रीय कमिटीको बैठक बोलाउन माग भइरहेको समयमा सचिवालय बैठक बसेको छ ।

salt training

कमेन्ट गर्नुहोस्