२१ असार २०८३, आइतबार

सलहको दुई झुण्ड दैलेखमा प्रवेश, किसानले थाल ठटाएर लखेटे

सलहको दुई झुण्ड दैलेखमा प्रवेश, किसानले थाल ठटाएर लखेटे

दैलेखको पश्चिम क्षेत्रबाट पूर्व क्षेत्रतर्फ सलहको दुईवटा झुण्ड प्रवेश गरेको छ ।

शुक्रबार सुर्खेतमा देखिएको सलह शनिबार दैलेखमा देखिएको हो । दैलेखको पश्चिम क्षेत्र तोरायाँ, जाहारकोटमा बसेको सलहको झुण्डलाई स्थानीयवासीले थाल ठटाएर, आगो बालेर भगाएका छन् ।

साँझ ५ बजे सदरमुकाम हुँदै दुईवटा ठूलो झुण्ड पूर्वी क्षेत्र प्रवेश गरेको छ । साँझको बास पूर्वी क्षेत्रमा हुने भएपछि भगवतीमाई गाउँपालिका र गुराँस गाउँपालिकाका क्षेत्रमा क्षति गर्ने भन्दै किसान चिन्तित बनेका छन् ।

सलहको प्रकोप बढ्नेबारेमा कृषि विकास कार्यालय दैलेखले जिल्लाभर स्थानीय सञ्चारमाध्याममार्फत सूचना प्रवाह गरेको निमित्त कार्यालय प्रमुख तिलकप्रसाद पाण्डेले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्