२७ असार २०८३, शनिबार

अयोध्यामा राममन्दिरको भूमिपूजन समारोह साउन २१ मा, मोदी पनि पुग्ने

साउन ४, २०७७
अयोध्यामा राममन्दिरको भूमिपूजन समारोह साउन २१ मा, मोदी पनि पुग्ने

भारतको अयोध्यामा राम मन्दिरका लागि भूमिपूजन साउन २१ गते हुने भएको छ । 

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले समारोहमा उपस्थित हुन राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टको निमन्त्रण स्वीकारेका छन् । 

मोदीका पूर्व प्रधान सचिव तथा मन्दिर ट्रस्ट निर्माण समितका अध्यक्ष नृपेन्द्र मिश्रले बिहीवार अयोध्या भ्रमण गरे । उनले ट्रस्टका सदस्यहरूसँग लगभग दुई घन्टा बैठक गरेर मन्दिरको डिजाइन र मोडलमा एकमत हुन आवश्यक रहेको बताए । 

अयोध्यालाई विश्व धरोहरका साथै पर्यटन नगरीका रूपमा विकसित गर्ने मिश्रको भनाइ छ । मन्दिर निर्माणमा कला र संस्कृतिको ध्यान पुर्‍याउन आवश्यक रहेको उनको भनाइ छ । मोदी अयोध्या पुगेपछि मन्दिरका साथै ७० एकड परिसरमा हुने विकास कार्यको पनि निरीक्षण गर्नेछन् । 

राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका सदस्य कामेश्वर चौपालले भने, ‘राम मन्दिर १६१ फीट अग्लो हुनेछ र यसमा पाँचवटा गुम्बज बनाइनेछ ।’

राम मन्दिरको मोडल विश्व हिन्दू परिषद्ले बनाएकै अनुसार हुनेछ तर त्यसको लम्बाइ, चौडाइ र उचाइ बढ्नेछ । 

मन्दिर निर्माणमा तीनदेखि साढे तीन वर्ष लाग्ने बताइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्