२७ असार २०८३, शनिबार

६ गते ११ बजेसम्मका लागि स्थगित भयो नेकपा स्थायी कमिटी बैठक

६ गते ११ बजेसम्मका लागि स्थगित भयो नेकपा स्थायी कमिटी बैठक
फाइल फोटो

आइतवार दिउँसो ३ बजे बस्ने भनिएको नेकपा स्थायी कमिटी बैठक मंगलवार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ ।

नेकपा केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजाल र श्रीराम ढकालले संयुक्त विज्ञप्ति प्रकाशित गरी ६ गते ११ बजे सम्मका लागि बैठक स्थगित भएको जानकारी गराएका हुन् ।

शनिवार बसेको नेकपा सचिवालय बैठकमा मंसिर महिनामा पार्टीको एकता महाधिवेशन गर्ने प्रस्ताव प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेका थिए ।

सो प्रस्तावमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरूले समर्थन जनाएका थिए ।

सचिवालय बैठकपछि प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठबीच आइतवार प्रचण्ड निवास खुमलटारमा छलफल भएको थियो ।

शनिवार बसेको सचिवालय बैठकमा आजका लागि तय भएको स्थायी कमिटी बैठक नरोक्ने सहमति भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी गराएका थिए ।

यसअघि सामाजिक सञ्जालमा सूचनामार्फत बैठक स्थगित गर्ने गरिएकोमा आइतवार भने पार्टी कार्यालयबाट सूचना प्रकाशित गरी स्थगित गरिएको थियो ।

असार १० गतेदेखि शुरू स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीको राजीनामा माग गरिएपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको थियो ।

सहमतिको प्रयासका लागि भन्दै नेकपा स्थायी कमिटी बैठक पटक–पटक स्थगित हुँदै आएको छ ।
 

हेर्नुहोस्, विज्ञप्ति :

salt training

कमेन्ट गर्नुहोस्