२७ असार २०८३, शनिबार

अन्योलका बीच उम्मेद्वारी दर्ता आज

कात्तिक २०, २०७४
अन्योलका बीच उम्मेद्वारी दर्ता आज
काठमाडौं, १९ फागुन– संविधान संशोधनमा सरकार जुटिरहेको बेला एकाएक प्रधानन्यायाधीशलाई महाभियोग लगाइनु, मधेसी दलले चुनावमा भाग नलिने बताउनु, दलहरुबीच मतभेद बढ्दै जानु जस्ता कारणले स्थानीय तह चुनावनै संकटमा परेको भनि विश्लेषण हुन थालेको सन्दर्भमा आज निर्वाचन आयोगले उम्मेवारको मननोय दर्ता गराउने तय गरेको छ ।election-lokaantar-1

त्यसका लागि आयोगले राजनीतिक दल तथा उम्मेवारहरुलाई विहान १० बजेदेखि साँझ ५ बजेभित्र उम्मेवारी दर्ता गर्न आह्वान गरेको छ ।
आयोगले पहिलो चरणमा निर्वाचन हुने ३, ४ र ६ गरी तीन प्रदेशका ३४ जिल्लाका २ सय ८३ स्थानीय तहका आकांक्षीलाई उम्मेद्वारी दर्ता गर्न आह्वान गरेको हो ।
आयोगले चुनाव हुँदैन कि भन्ने भ्रम नपाल्न आग्रह गर्दै चुनावी तयारीमा लाग्न समेत सोमबार नै एक विशेष पत्रकार सम्मेलन गरि आग्रह समेत गरेको थियो ।

आयोगका अनुसार मनोनयन दर्ता गरेका उम्मेदवारको आजै सूची सार्वजनिक हुने छ ।

वैशाख २० गते उम्मेदवारको विरोधमा उजुरी दिन पाइने छ । २० गते नै मनोनयन पत्र जाँच हुने कार्यक्रम रहेको आयोजका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।

मनोनयन भएका उम्मेदवारको नामावली वैशाख २१ गते सार्वजनिक हुने छ । २१ गते नै उम्मेदवारले नाम फिर्ता लिन पाउने छन् ।


२२ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने छ । २२ गतेनै उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको छ । वैशाख ३१ गते चाहिँ मतदान हुने छ ।


प्रचण्ड नेतृत्वको सरकारले १,२,५,७ प्रदेशमा भने जेठ ३१ गते निर्वाचन गर्ने तालिका सार्वजनिक गरेको छ ।

यसैबीच प्रधानमन्त्री प्रचण्डले महाभियोगले चुनाव रोकिन्छ कि भन्न्े आशंका नगर्न आग्रह गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्