३० असार २०८३, मंगलबार

न्यायालयको शून्य अवधि उपत्यकामा सकियो, अरु जिल्लामा कहिलेबाट ?

साउन ८, २०७७
न्यायालयको शून्य अवधि उपत्यकामा सकियो, अरु जिल्लामा कहिलेबाट ?

कोरोना भाइरसको जोखिमबाट बचाउन सरकारले गरेको बन्दाबन्दीको समयलाई न्यायालयले ‘शून्य अवधि’ मानेको थियो।

शून्य अवधि सम्बन्धित जिल्ला आजदेखि नै सकिएको छ भने अन्तर जिल्लामा आगामी भदौ १ गतेदेखि सकिनेछ। 
      
सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलका अनुसार न्यायालयले शून्य अवधि मानेको अवस्था सम्बन्धित जिल्लामा आजदेखि नै सकिएको छ। अन्तर जिल्लामा भदौ १ गतेदेखि लागू हुनेछ। 
      
सरकारले लामो दूरीको यातायात पूर्णरुपमा आगामी भदौ १ गतेदेखि सञ्चालनमा आउने भनेको छ। सोहीअनुसार अन्तर जिल्लामा शून्य अवधि सकिएको मानिनेछ।

‘उपत्यकाका हकमा बन्दाबन्दी अन्त्य भएको छ, आजदेखि शून्य अवधि सकिएको मानेर ३० दिनको समय म्याद तथा हदम्यादका लागि दिने निर्णय गरेको छ,’ प्रवक्ता पोखरेलले भने, ‘अन्तरजिल्लाको हकमा भने आगामी भदौ १ गतेदेखि मात्र सो नियम लागू हुनेछ।’ 

प्रधानन्यायाधीशसहित सर्वोच्च अदालतका १९ जना न्यायाधीशको इजलासले महामारी फैलिएको अवस्थालाई सम्बोधन गर्नका लागि स्पष्ट कानूनी व्यवस्था गर्न कानूनी बाधा फुकाउनेसम्बन्धी व्यवस्था गरेको थियो।
      
गत चैत ११ गतेदेखि शुरु भएको बन्दाबन्दी यही साउन ६ गते रातीबाट सकिएको छ । सरकारले बन्दाबन्दी खुला गरेसँगै अदालतको शून्य अवधि पनि सकिएर सम्बन्धित जिल्लामा मुद्दाको सुनुवाइ प्रक्रिया शुरु भएको छ । बन्दाबन्दीको अवधिमा मुद्दाको सुनुवाइ प्रक्रिया प्रभावित भएको छ।

salt training

कमेन्ट गर्नुहोस्