
नेपाली सेना बाढीपहिरो पीडितकाे उद्धार, खाेज र राहत वितरणमा परिचालन भएकाे छ।
सेनाले झापा, तनहुँ, गोरखा, ललितपुर र रुपन्देही जिल्लाका विभिन्न स्थानमा बाढीपहिरोका कारण जाेखिममा रहेका स्थानीयको उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरेकाे जनाएकाे छ।
झापा, चितवन र भक्तपुर जिल्लाका विभिन्न स्थानमा स्थानीय बासिन्दाको सहयोगमा अस्थायी तटबन्ध निर्माण गरी बाढीपहिरोबाट हुनसक्ने जोखिमको न्यूनिकरण गरिएको सेनाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
त्यस्तै रसुवा, पर्वत, तनहुँ, पाल्पा, मनाङ र काठमाडौं जिल्लाका विभिन्न स्थानमा अवरुद्ध सडक सुचारु गर्ने काममा पनि सेना खटिएकाे थियाे।
दार्चुलाको मालिकार्जुन गाउँपालिकामा गएको पहिरोमा परि घाईते भएका २ (दुई) जनालाई उपचारको लागि नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी नेपालगन्ज पुर्याइएको छ ।
विपदबाट पीडितको खोज तथा काठमाडाैं, इटहरी, भरतपुर र सुर्खेतमा सेनाका हेलिकोप्टर तयारी अवस्थामा रहेकाे जनाइएकाे छ।