काठमाडौं, १९ वैशाख– आसन्न स्थानीय निर्वाचन सम्पन्न गर्न रसुवाको कालिका गाउँपालिका–२ मा खटिएका सन्तोष गिरीले आत्महत्या प्रयास गरेका छन् ।
उनले आफु बसेको सरकारी गेष्ट हाउसमा खादामा झुण्डिएर आत्महत्या प्रयास गरेका बुझिएको छ । खादामा झुन्डिएको देखेपछि खादा काटेर उनलाई अस्पताल लगिएको थियो ।
जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) फणिन्द्र प्रसाईँले प्रारम्भिक अनुसन्धान अनुसार गिरीले आत्महत्याको प्रयास गरेको बुझिएको छ ।
रसुवा जिल्ला अस्पतालमा भर्ना गरेर उपचार सुरु गरिएपछि होस नखुलेपछि गिरीलाई काठमाडौं रेफर गरिएको छ ।