२७ असार २०८३, शनिबार

नारायणगढ- मुग्लिङ सडक फेरि अवरुद्ध

साउन ८, २०७७
नारायणगढ- मुग्लिङ सडक फेरि अवरुद्ध
फाइल फोटो।

नारायणगढ–मुग्लिङ सडकखण्डको चार किलोमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ। 

बिहीबार राति ८ः४५ बजे सो स्थानमा ठूलो पहिरो खसेको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार इच्छाकामना गाउँपालिका-६ स्थित चार किलोमा पहाडको माथिबाट पहिरो खसेको हो। 

अविरल वर्षा भइरहेकाले रातको समयमा पहिरो पन्छाउने सम्भावना नरहेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए।

यस वर्ष बर्खा लागेसँगै त्यो ठाउँमा पटक-पटक पहिरो गएर दुःख दिइरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्