०२ साउन २०८३, शनिबार

चारकिलोमा पुनः पहिरो : सडक अवरुद्ध

चारकिलोमा पुनः पहिरो : सडक अवरुद्ध
फाइल तस्वीर

नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत इच्छा कामना गाउँपालिका–६ चार किलोमा आज बिहान पुनः पहिरो खसेको छ  ।

 जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गएराति खसेको पहिरो पन्छाएर एकतर्फी सवारी सञ्चालन भएको केही समयमा नै पुनः  सोही स्थानमा पहिरो खसेको हो । निरन्तरको वर्षाका कारण पहिरो खस्ने क्रम जारी रहेको प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए।

पहिरो ठूलो भएकाले के कति खेर पन्छाएर सकिन्छ भन्न नसकिने उनले जानकारी बताए। सोही स्थानमा गत सोमबार पनि पहिरो खसेको थियो ।

सो पहिरो ३६ घण्टामा पन्छाइएको थियो । पहिरोका कारण दुईतर्फी सडक अवरुद्ध भएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्