०४ असार २०८३, बिहीबार

आफूलाई अमेरिकाको बराबर शक्ति ठान्न चीनले देखाइरहेछ आक्रामकता

साउन ९, २०७७
आफूलाई अमेरिकाको बराबर शक्ति ठान्न चीनले देखाइरहेछ आक्रामकता

चीनले पहिलेको भन्दा बढी आक्रामकता देखाइरहेको विषयमा विभिन्न किसिमका व्याख्याहरू आइरहेका छन् । 

अहिले अमेरिकाले वैश्विक नेतृत्वलाई क्रमशः त्याग्दै गएको अवस्था छ । झन् कोभिड संकटमा त अमेरिका कमजोर देखियो । अमेरिकामा अव्यवस्था र असमञ्जस चीनका लागि निकै राम्रो अवसरका रूपमा रहेको छ । 

त्यसमाथि अमेरिकामा यसै वर्ष निर्वाचन हुँदैछ र बहालवाला राष्ट्रपति डेमोक्रेटिक प्रतिस्पर्धीसँग हारिने हो कि भनी चौतर्फी आक्रमण गरिरहेका छन् । 

त्यसैले गर्दा चीनले आफ्नो वरिपरिको क्षेत्रमा एकैपटक कदमहरू चालिरहेको छ । दक्षिण चीन सागर, पूर्वी चीन सागर र पूर्वी भुटानमा नयाँ भूभागमा दाबी, हङकङमा दमन अनि पूर्वी लद्दाखमा भारतीय सैनिकसँगको भिडन्तलाई यसै आलोकमा हेर्नुपर्छ । 

एसियामा प्रभुत्व जमाउनका लागि चिनियाँहरूले राम्रो अवसर देखेका छन् । देङ श्याओपिङले भनेमुताबिकको परराष्ट्रनीतिमा संयमलाई बिस्तारै त्याग्दै लगिएको छ । 
 

चिनियाँहरू अहिले इतिहासतर्फ फर्कंदैछन् । चिङ राजवंशको पालामा जस्तो उनीहरू आफ्नो प्रभुत्वलाई प्राकृतिक विकास मान्छन् । 
 

संसारप्रतिको उनीहरूको धारणा भनेको सबै देशले एक प्रणालीमा आआफ्नो स्थान स्वीकार गर्नुपर्छ जुन मर्यादाक्रम अनुसार निर्धारित हुन्छ । 

सन् २०१७ मा उनीहरूले ह्वाइट पेपर अन एसिया प्यासिफिक सेक्युरिटी कोअपरेसनमा लेखेका थिए, ‘प्रमुख मुलुकहरूले अन्य मुलुकका रणनीतिक उद्देश्यहरूलाई तटस्थ तथा तार्किक ढंगले हेर्नुपर्छ । साना तथा मध्यम आकारका देशले ठूला देशहरूको पक्ष लिनु हुँदैन ।’

उक्त दस्तावेजमा चीनले ठूला देश भनेर अमेरिका, रुस, भारत र जापानलाई लिएका थिए । 

सी चिनफिङ सत्तामा आएपछि न्यु मोडल अफ ग्रेट पावर रिलेसन्सको चर्चा गरेका थिए । त्यसमार्फत उनले अमेरिकालाई दुई मुलुकको समूह (जी२) को अवधारणा स्वकिार गर्नका लागि संकेत दिएका थिए । अमेरिकाका रणनीतिक विश्लेषक जिबिगन्यु ब्रजेजिन्स्की र सी फ्रेड बर्गस्टेनले यसको पैरवी गरेका थिए । 

तर अमेरिकाको मूड चिनियाँले बुझेनन् अनि सीले सन् २०१३ मा सन्नील्यान्ड्स शिखर सम्मेलनमा प्रस्ताव ल्याउँदा ओबामाले वास्तै गरेनन् । यस नयाँ मोडलमार्फत आफूलाई बराबरीको हैसियत दिलाउन चीनले अमेरिकालाई मनाउन खोजेका थियो । यसको अर्थ हुन्थ्यो, अमेरिकाले पश्चिम प्रशान्तमा चीनको प्रभुत्वलाई स्वीकार गर्नुपर्छ । तर अमेरिकाले पछि गएर पिभोट (केन्द्र) को कुरा गर्न थाल्यो जुन पछि गएर हिन्द–प्रशान्त नीति बन्यो ।

प्रमुख शक्तिहरूसँगको सम्बन्धको कुरा गर्दा चिनियाँहरूले अमेरिकालाई मात्र ध्यानमा राखे, भारतलाई राखेनन् । तर भारतले आर्थिक तथा सैन्य रूपमा चीनको बराबरी गर्न सक्ने सम्भाव्यता राख्छ । 

त्यसैले चीनले भारतलाई उदय हुन नदिनका लागि गर्नसक्ने जति सबै काम गर्छ । 

औपचारिक रूपमा बेइजिङले भारतसँग मित्रता र सहकार्यको चर्चा गर्छ तर व्यावहारिक रूपमा हेर्दा उसले पाकिस्तानलाई अघि सारेर भारतलाई सन्तुलनमा राखेको देखिन्छ । 

अनि भारतले पाकिस्तानविरुद्ध निरन्तर शत्रुतापूर्ण सम्बन्ध राख्ने नीति बनाएकाले चीनको मिसनलाई झनै सहयोग पुगिरहेको छ । भारतले नेपाल र श्रीलंका लगायतका छिमेकीप्रतिको नीतिमा देखाएको अक्षमताले समस्या झनै चर्काएको छ । 
 

ओआरएफमा प्रकाशित मनोज जोशीको विश्लेषण
 

salt training

कमेन्ट गर्नुहोस्