०९ असार २०८३, मंगलबार

म्याद नाघेको पानी बेच्ने भाटभटेनीलाई ३ लाख जरिवाना

म्याद नाघेको पानी बेच्ने भाटभटेनीलाई ३ लाख जरिवाना

म्याद नाघेको पानी बिक्री गरेको अभियोगमा भाटभटेनी सुपरमार्केटलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले  ३ लाख जरिवाना गरेको छ ।

भाटभटेनीको हनुमानस्थानस्थित स्टोरले बेली ब्राण्डको म्याद नाघेको पानी बिक्री गरेको पाइएकाले जरिवाना गरिएको विभागले ट्वीटमार्फत जानकारी दिएको छ ।

'भाटभटेनी सुपरमार्केट हनुमानस्थान काठमाडौंले  म्याद नाघेको बेली ब्राण्डको पानी बिक्री गरेको पाइएकोले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६(२)(क) बमोजिम अनुचित व्यापारिक क्रियाकलाप गरेकाले ३८(ङ) को कसुरमा ३९(१(ख)बमोजिम रु ३ लाख जरिवाना,' विभागले ट्वीटमा लेखेको छ ।

हेर्नुहोस्, ट्वीट :

salt training

कमेन्ट गर्नुहोस्