
चीनको चोङचिङमा संसारको सबभन्दा अग्लो झुला बनाइएको छ । त्यो २३ सय फीट अग्लो भीरको छेउमा बनाइएको हो ।
उक्त झुलामा खेल्ने मानिसहरूको भिडियो फूटेजमा उनीहरू डोरीले सीटमा बाँधिएर बसेको र ८० माइल प्रतिघन्टाको गतिमा हुर्रिएको सुनिन्छ ।
यो झुला ३२८ फीट अग्लो छ जुन ३० तल्ले भवन जति हो ।
यसलाई सबै झुलाको राजा मानिएको छ । यसमा दह्रो मुटु भएका मानिस मात्र सवार हुन सक्छन् ।
गिनिज बूक अफ वर्ल्ड रेकर्ड्सले यसलाई संसारको सबभन्दा अग्लो झुला भनी प्रमाणित गरेको छ ।
यसको काम अघिल्लो वर्ष नै सकिएको थियो र यस वर्षको आरम्भमा शुरूआत गर्ने योजना थियो । तर कोभिडले गर्दा शुभारम्भ समारोह सरेको हो ।
यसमा एकपटकमा तीनजनासम्म चढ्न मिल्छ । चढ्नेहरूलाई टावरबाट हुर्याएर शिसुन नदी उपत्यकातिर पुर्याइन्छ ।