०३ साउन २०८३, आइतबार

कोरोनाका कारण थप १ को मृत्यु, मृतकको संख्या ४४

कोरोनाका कारण थप १ को मृत्यु, मृतकको संख्या ४४

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाका कारण थप १ जनाको मृत्यु भएको जनाएको छ ।

मृत्यु हुनेमा वीरगंज महानगरपालिकाकी ८५ वर्षीय महिला रहेकी छन् । उनको आज बिहान ६ बजेर ४५ मिनेटमा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।

शुक्रवार नियमित प्रेस ब्रिफिङका क्रममा उनले मृतक महिला मुटुसम्बन्धी रोगबाट ग्रसित रहेको जानकारी दिए । यससँगै उनी निमोनियाबाट ग्रसित पनि रहेकी थिइन् ।

नेपालमा कोरोनाका कारण ४४ जनाको मृत्यु भइसकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्