२३ असार २०८३, मंगलबार

हुण्डी कारोबार गर्ने ढुण्डीराज करीब २० लाखसहित न्युरोडबाट पक्राउ

हुण्डी कारोबार गर्ने ढुण्डीराज करीब २० लाखसहित न्युरोडबाट पक्राउ

उपत्यकामा गैरकानूनी हुण्डी कारोबार गर्ने १ जना करीब २० लाख रुपैयाँसहित पक्राउ परेका छन् । 

महानगरीय अपराध अनुसन्धान महाशाखाले आज (शुक्रवार) काठमाडौंको विशाल बजारबाट स्याङ्जा कालिगण्डकी गाउँपालिका–५ ताँपका ढुण्डीराज न्यौपानेलाई पक्राउ गरेको हो ।

उनी हाम्रो गण्डकी इन्टरप्राइजेजका सञ्चालक समेत हुन् ।

सामाजिक सञ्जाल भाइबरमार्फत हुण्डी कारोवार गर्दै आएको प्रारम्भिक अनुसन्धानमा खुलेको महाशाखाले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्