०९ असार २०८३, मंगलबार

थाइल्यान्ड र लाओसको सीमामा मेकोङ नदी : चीन र अमेरिकाबीच अर्को विवादको जड

साउन ९, २०७७
थाइल्यान्ड र लाओसको सीमामा मेकोङ नदी : चीन र अमेरिकाबीच अर्को विवादको जड

थाइल्यान्ड र लाओसको सीमा भएर बग्ने मेकोङ नदी अहिले अमेरिका र चीनबीचको प्रतिस्पर्धाको नयाँ थलो बनेको छ । बेइजिङले यस नदीको पानीमा नियन्त्रण गर्नका लागि वाशिङटनले भन्दा बढी खर्च गरिरहेको वातावरणविद् र अधिकारीहरूले बताएका छन् । 

यस प्रतिस्पर्धामा ट्रम्प प्रशासन हार्दै गएको देखिएको छ । तल्लो मेकोङमा वातावरणीय र विकास कार्यक्रमहरूमा अमेरिकाले लगानी गरिरहेको थियो । 

चीन उक्त नदीमा बनाएका ११ वटा बाँधले तल्लो भेगका देशहलाई पर्ने असरका विषयमा अमेरिका र चीन सरकारले भिन्नाभिन्नै प्रतिवेदन प्रस्तुत गरेका छन् । 

उक्त नदी लाओस, म्यानमार, थाइल्यान्ड, कम्बोडिया र भियतनाम हुँदै बग्छ र चीनले बाँधमार्फत नदीको पानीमा व्यापक नियन्त्रण गर्ने गरेको छ । ती देशहरू कृषि, माछापालन तथा जलविद्युतका लागि यस नदीमा भर पर्ने गरेका छन् । 

नदीमा नियन्त्रण कायम गरेर चीनले जलमार्गको विकासको एजेन्डा तय गर्ने गरेको छ । मेकोङ परियोजनालाई प्रवर्द्धन गरेर उक्त क्षेत्रमा आफ्नो प्रभाव जमाउन चीनले दशकौंदेखि प्रयास गरिरहेको छ । 

‘यो दक्षिण चीन सागर जस्तै भूराजनीतिक विषय बन्दै गइरहेको छ,’ मेकोङ एनर्जी यान्ड इकोलोजी नेटवर्कका वितून पर्मपोङसाचारोएनले बताए । 
 

मेकोङको अवस्था ६ करोड मानिसका लागि चिन्ताको विषय हो किनकि उनीहरू कृषि र माछापालनका लागि यसमा निर्भर छन् । चीनबाट बग्न शुरू गरेको यो नदी भियतनाम डेल्टा हुँदै समुद्रमा मिसिन्छ । 

पोहोर साल भयानक सुक्खा लागेपछि तल्लो मेकोङको जलस्तर निकै घटेको थियो । वर्षौंदेखि मेकोङमा माछा पाउन गाह्रो हुन थालेको खबर आइरहेका छन् । 

उक्त क्षेत्रको एक मुलुकमा अमेरिकी राजदूतले नदीको माथिल्लो भागमा चीनले ११ वटा बाँधमा पानी जम्मा गरेको अनि तल्लो तटीय क्षेत्रका लाखौं मानिसको जीवनीमा हानि पुर्‍याइरहेको बताएका छन् । 

अमेरिकाले शीतयुद्धको समयमा मेकोङमा विकास प्रवर्द्धन गर्न प्रयास गरिरहेको थियो । उसले नदी तथा त्यसको प्राकृतिक स्रोतको दिगो विकासका लागि लाओस, थाइल्यान्ड, कम्बोडिया र भियतनाम सरकारसँग काम गरिरहेको छ ।

रोयटर्सबाट
 

salt training

कमेन्ट गर्नुहोस्