काठमाडौं, १९ वैशाख– स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर र उपमेयरमा बाबुराम भट्टराईको नयाँ शक्ति र उपेन्द्र यादवको संघीय समजावादी फोरमले साझा उम्मेदवार साझा उम्मेदवार छन् ।
काठमाडौंमा फोरमका तर्फबाट मेयर र नयाँ शक्तिको तर्फबाट उपमेयरको उम्मेदवार उठाइएको छ ।
नयाँ शक्ति र फोरमको संयुक्त उम्मेद्वारी अनुसार मेयरमा पवित्र बज्राचार्य र उपमेयरमा सविना अर्यालको उम्मेदवारी हुने भएको छ ।

यस अघि नयाँ शक्ति र फोरमले चुनावी तालमेल गर्ने निर्णय गरिसकेका छन् ।
मेयरका उम्मेदवार बज्राचार्य संघीय फोरमका केन्द्रीय सदस्य हुन् । उनी व्यवसायी पनि हुन् । उनी नेपाल चेम्बर अफ कमर्शका सदस्यसँगै विभिन्न संगठनसँग पनि आवद्ध छन् ।