
बलिउड अभिनेत्री ऋचा चड्डाले हालै घरमै बसेर एउटा सर्ट फिल्म सुटिङ गरेकी छन्। फिल्मको नाम हो, ‘५५ किलोमिटर पर सेकेन्ड’। यसलाई ‘कार्गा’ फेम आरती कदवले निर्देशन गरेकी छन्। रमाइलो कुरा के छ भने पूरा फिल्म आइफोनबाट सुट गरिएको छ।
फिल्ममा मुख्य भूमिका निर्वाह गरेकी ऋचा भन्छिन्, ‘आरती एक इन्जिनियर हुन् जो अहिले निर्देशक बनेकी छन्। उनको रुचि मानव फिक्सन जनरमा धेरै छ। मलाई उनी र मृणाल दत्तसँग काम गर्दा रमाइलो भयो। यो एक चुनौतीपूर्ण काम थियो किनकि मेकअप, हेयरदेखि साउन्ड रेकर्डसम्म सबै कुरा हामी आफैंले गर्नु परेको थियो। तर यी सबै कार्य सफल भए। यो कठिन समयमा पनि सुन्दर फिल्म बनाउन सकेकोमा हामीलाई खुसी लागेको छ।’
निर्देशक आरतीले भनिन्, ‘हामीले यो फिल्म रमाइलो अनुभव सँगाल्दै निर्माण गर्यौं। यो एउटा रमाइलो विचार थियो। मेरो टिम र मैले यसमा काम गर्न नयाँ तरिका पनि अपनायौं। मैले अनलाइन सेटमा केही सानदार मानिससँग भेटघाट गरेँ। यो एउटा धेरै सुन्दर अनुभव रह्यो।’ अन्नपूर्ण पोस्टमा खबर छ ।