×

NMB BANK
NIC ASIA

कृषि अनुदानमा फेरि अनियमितता: परामर्शदातालाई नै ठेक्का, २२ लाखको काममा ७२ लाख भुक्तानी !

साउन ११, २०७७

NTC
Premier Steels

प्रदेश ५ सरकारले आर्थिक वर्ष २०७६/०७७ मा प्रदेशका विभिन्न ८ जिल्लामा १६ वटा चिस्यान केन्द्र (कोल्ड स्टोर) बनाउने कार्यक्रम ल्याएको छ ।

Muktinath Bank

जसअन्तर्गत कपिलवस्तुका विभिन्न स्थानमा ४, रूपन्देहीमा ३, बर्दियामा २, रोल्पामा २, अर्घाखाँची, गुल्मी र पश्चिम नवलपरासीमा १/१ वटा कोल्ड स्टोर बनाउने योजनामा उल्लेख छ । तीमध्ये एक हो, रूपन्देहीको सम्मरीमाई गाउँपालिका वडा नम्बर– ६ मा बन्न लागेको चिस्यान केन्द्र । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गत वर्ष जेठमा प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले सम्मरीमाईका ९ वटा सहकारीलाई चिस्यान केन्द्र निर्माणमा अनुदान दिने निर्णय गर्‍यो । मन्त्रालयकै पहलमा सबै सहकारीकै साझेदारी हुने तथा भवानी स्वावलम्बन बहुउद्देश्यीय सहकारीमार्फत् रकम भुक्तानी हुने गरी चिस्यान केन्द्रको सम्झौता पनि भयो । भवानीबाहेक अन्य सबै बचत तथा ऋणको कारोवार गर्ने भएकाले उनीहरूलाई साझेदार मात्र बनाइएको थियो । 


Advertisment
Nabil box
Kumari

अहिले आएर उक्त ‘कोल्ड स्टोर’ बनाउँदा आर्थिक अनियमितता भएको भेटिएको छ । चिस्यान केन्द्रमा निर्माण नसकिँदै सम्झौताभन्दा बढी भुक्तानी दिएको पाइएको छ । चिस्यान केन्द्रको जग, बिम र पिल्लर ढलान हुँदासम्म प्राविधिकहरूले २२ लाख रूपैयाँको अनुमानित लागत निकालेका छन् । तर, यसमा प्रदेशको कृषि मन्त्रालयले ७१ लाख ९७ हजार अनुदान खर्च भएको जनाएको छ । 

Vianet communication

सम्झौता भएको भवानी स्वावलम्बन बहुउद्देश्यीय सहकारीले २२ लाखको काम गर्दा ७२ लाख भुक्तानी पाएको हो । प्रदेश सरकारका इञ्जिनीयरले अनुगमन गर्दा २२ लाखको मात्र काम भएको रिपोर्ट मन्त्रालयमा पेश गरेका थिए । रहस्यको कुरा के छ भने मन्त्रालयले परामर्श दिन नियुक्त गरेका कर्मचारीले नै ठेक्का लिएर निर्माणको काम गरेका रहेछन् । 

प्रदेश सरकारले परामर्शदाताको रूपमा नियुक्त गरेका इञ्जिनीयर सुगम कोइरालाले चिस्यान केन्द्र निर्माणको ठेक्का पाएका छन् । कोइरालाको रूपन्देहीको भैरहवास्थित अष्टविनायक कन्ट्रक्सन प्रालिले ठेक्का लिएको छ । 
सहकारीका व्यवस्थापक अशोक तिवारी र कृषि मन्त्रालयका करार कर्मचारी तथा परामर्शदाता कोइरालाको चलखेलमा रकम लेनदेन भएको खुलेको हो । 

चिस्यान केन्द्र निर्माण समितिका अध्यक्ष ओमप्रकाश गुप्ताले आफूहरूलाई बेवास्ता गरेर भवानी स्वावलम्बन बहुउद्देश्यीय सहकारीले आफ्नै नेतृत्वमा निर्माण समिति बनाएर पैसा बुझेर अपचलन गरेको बताए ।

‘म गौतमबुद्ध स्वावलम्बन बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष हुँ । तर, खाता भवानी स्वावलम्बन सहकारीको चलाउने सहमति थियो । भवानी सहकारीले आफ्नै नेतृत्वको उपभोक्ता समिति बनाएछ । म मन्त्रालय आउँदा पैसा भुक्तानी भएको थाहा पाएँ ।’ 

गुप्ताले लोकान्तरसँग थपे, ‘सुगम कोइरालाले प्रदेशका अन्य जिल्लामा पनि निर्माण गर्ने कोल्डस्टोरको पनि ठेक्का लिएको भन्ने मलाई जानकारीमा आएको छ । अन्यको पनि यही हालत होला ।’

स्थानीय राजाराम तिवारीको ३ कट्ठा २ धुर जग्गा २० वर्षका लागि लिजमा लिइएको थियो । ५ करोड ४३ लाख रूपैयाँको स्टिमेटअनुसार १ करोड ३५ लाख (२५ प्रतिशत) र बाँकी ७५ प्रतिशत प्रदेश सरकारले अनुदानमा निर्माण गर्ने योजना हो । 

भवानी स्वावलम्बन बहुउद्देश्यीय सहकारीका व्यवस्थापक अशोक तिवारीले अहिलेसम्म निर्माणको काम कोटेसनमा गराइएको बताए ।

उनले भने, ‘अहिलेसम्म कोटेसनमार्फत काम भएको छ, बाँकी टेन्डरमार्फत् हुन्छ । अनियमितता भएको छैन । अब बाँकी निर्माणको काम हुन्छ ।’ 

कृषि मन्त्रालयले पनि चिस्यान केन्द्र बनाउँदा कमजोरी भएको स्वीकारेको छ । 

मन्त्रालयका प्रवक्ता विनोद घिमिरेले कोल्डस्टोर बनाउँदा डिजाइन र स्टिमेटमा केही कमजोरी भएको लोकान्तरलाई बताए ।

उनले भने, ‘हामीले अहिलेसम्म रनिङ बिलका आधारमा भुक्तानी भएको छ । ठूला आयोजनाहरूमा रनिङ बिलका आधारमा भुक्तानी दिइन्छ । अब भुक्तानी बराबरको काम नभएसम्म अबको भुक्तानी दिइँदैन । स्टिमेटभन्दा बढी भुक्तानी बढी भएको देखियो ।’ 

कर्मचारी पनि विवादमा तानिने खतरा भएपछि केही महिनाअघि निर्माणमा संलग्न कर्मचारीसँग स्पष्टीकरणको औपचारिकता मात्रै पूरा गरिएको छ ।

यो त प्रतिनिधि घटना मात्रै हो, कृषि मन्त्रालयले बनाइरहेका अन्य १५ वटा चिस्यान केन्द्रमा पनि यस्तै नियत देखिएको छ ।

अनुदानका नाममा भइरहेको यस्तो जालझेलबारे छानबिन गरे अनियमितता रोकिएला नत्र यही अवस्था बढ्दै जाने देखिन्छ । 

मन्त्रालयका कृषि महाशाखा प्रमुख श्रीधर ज्ञवालीले कामभन्दा बढी लिएको पैसा फिर्ता गर्न सहकारी र उपभोक्ता समितिलाई पत्राचार गरिएको बताए । 

‘उपभोक्ता समितिमार्फत काम गराउनुपर्नेमा ठेकेदारलाई दिएछन् । हामीले जसरी पनि पैसा भुक्तानी भए बराबरको काम गराएरै छाड्छौ । रकमको दुरूपयोग हुँदैन । तर, प्राविधिक मूल्यांकन बढी भने देखिएको छ,’ ज्ञवालीले लोकान्तरसँग भने । 

परामर्शदाता कोइरालालाई कारवाही गरेर हटाइयो

परामर्शदाता सुगम कोइरालाले आफैँ चिस्यान केन्द्र निर्माणको ठेक्का लिएर बढी रकम लिइसकेपछि सरकारले उनलाई कारवाही गरी हटाएको छ । 

प्रवक्ता घिमिरेले कोइरालालाई हटाइएको जानकारी दिए । प्रदेश सरकारले एक वर्ष अगाडि उनलाई करारमा नियुक्त गरेको थियो । 

वास्तविक किसानलाई बाइपास, नक्कली किसान मालामाल 

गएको वर्ष मन्त्रालयले वितरण गरेको अनुदानमा वास्तविक किसानलाई बाइपास गरी नक्कली किसानलाई अनुदान दिएको भेटिएको थियो ।

प्रदेश सरकारको करोडौं अनुदान रकम दुरूपयोग भएको प्रदेशको कृषि, वन तथा वातावरण समितिले जिल्लागत अनुगमनका क्रममा फेला पारेको हो । 

मन्त्रालयका कर्मचारीले फर्जी कृषि फर्म र पहुँचवालालाई अनुदान दिएको निष्कर्ष समितिले निकालेको हो । वितरण गरिएको अनुदान मध्ये ८० प्रतिशत दुरूपयोग भएको समितिको निष्कर्ष छ । 

समितिले मन्त्रालयका कर्मचारीले अनुदान पाउने फर्जी किसानबाट २० प्रतिशतसम्म कमिसन खाएको प्रमाण समेत फेला परेको बताएको छ । 

(यो रिपोर्ट फ्रीडम फोरमसँगको सहकार्यमा तयार पारिएको हो ।)

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x