
काठमाडौं १९ वैशाख– काठमाडौं महानगरपालिकाको मेयरका लागि मनोनयन खुलेको दुइ घण्टामा पाँच जनाको उम्मेदवारी परेको छ । मध्यान्ह १२ बजे सम्म मेयरका लागि पाँच र उपमेयरका लागि तीन जनाको उम्मेदवारी परेको छ ।
मेयरका लागि साझा पार्टीको समर्थनमा किशोर थापा, विवेकशील पार्टीकी रञ्जु दर्शना, देशभक्त पर्यावरणीय मोर्चाका सुरेन्द्र प्रसाद ढकालले उम्मेदवारी दर्ता गरेका छन् । यस्तै विनोद कुमार क्षेत्री र अलोक महर्जनले काठमाडौंको मेयरका लागि उम्मेदवारी दर्ता गरेका छन् ।
काठमाडौं महानगरपालिकाको उपमेयरका लागि जनिसा भट्टराई, निरुपमा यादव र ऋषा भट्टराईले उम्मेदवारी मनोनयन गरेका छन् । भृकुटी मण्डप स्थित राष्ट्रिय सभागृहमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दिन स्वतन्त्र उम्मेदवारको भीड लागेको छ ।
अहिले सम्म प्रमुख दलका तर्फवाट कसैले उम्मेदवारी दिन आएका छैनन् । नेपाली काग्रेस र नेकपा एमालेले उम्मेदवार छान्न सकेका छैनन् भने माओवादी केन्द्र मनोनयनकालागि आइपुगेको छैन ।