०९ असार २०८३, मंगलबार

युरोपमा गरिएको प्रदूषणको असर हिमालयमा

साउन ११, २०७७
युरोपमा गरिएको प्रदूषणको असर हिमालयमा

युरोपेली देशहरूले गरेको प्रदूषण त्यहाँबाट हजारौं किलोमिटर पर रहेको पर्वत शृंखलाको वातावरणीय स्वास्थ्यमा हानि पुर्‍याइरहेको छ । 

भारतस्थित वाडिया इन्स्टिच्युट अफ हिमालय जियोलोजीले गरेको अनुसन्धान अनुसार, विश्व तापक्रम वृद्धिका कारण हिमालयमा सेप्टेम्बर महिनादेखि डिसेम्बर महिनासम्म हुने हिमपात अहिले जनवरीबाट मध्य मार्चसम्म पुगेको छ । 
यसले गर्दा जनवरीदेखि मध्य मार्चसम्म परेको हिउँ अप्रिल र मे महिनामा गर्मी लाग्नेबित्तिकै पग्लिने गरेको छ ।

भारतको उत्तराखण्ड, जम्मु कश्मीर, हिमाचल, सिक्किम र अरुणाचल प्रदेशमा हिमरेखा लगभग ४० देखि ५० मिटर पछि पुगेको अनुसन्धानले देखाएको छ । अनेकौं वनस्पति र स्याउका प्रजातिहरू लोप हुने स्थितिमा पुगेका छन् । 

वैज्ञानिकहरू अब यस विषयलाई अन्तर्राष्ट्रिय स्तरमा विरोध गर्ने तयारी गरिरहेका छन् । 

हिमपातको महिना शिफ्ट हुँदा खसेको हिउँ ठोस बन्ने अवसर नपाउने किनकि मार्चपछि गर्मी लाग्न थाल्ने हुन्छ । हिमरेखा पछि सर्नुको मुख्य कारण पनि यही हो । 

वरिष्ठ वैज्ञानिक डा पीएस नेगी अहिले हिमालयमा दुई किसिमका प्रदूषण, बायोमास प्रदूषण र तत्त्वमा आधारित प्रदूषण, भइरहेको बताउँछन् । यी दुवैथरी प्रदूषणले ब्ल्याक कार्बन बनाउने जसले गर्दा १५ हजारवटा ग्लेसियरहरू पग्लिरहेको उनको भनाइ छ । 
 

वाडिया इन्स्टिच्युटका वैज्ञानिक डा नेगीका अनुसार, युरोपबाट जनवरीमा आएको पश्चिमी विक्षोभ वर्षाले विषालु ग्यास पनि ल्याउँछ । त्यसैले ग्लेसियरमा ब्ल्याक कार्बनको स्तर बढाउँछ । 
 

salt training

कमेन्ट गर्नुहोस्