०८ असार २०८३, सोमबार

कार्यकक्षमै कुटिए वडाध्यक्ष

कार्यकक्षमै कुटिए वडाध्यक्ष
सांकेतिक तस्वीर

शुक्लाफाँटा नगरपालिका–८ का वडाध्यक्ष बहादुरसिंह महरामाथि आज कार्यकक्षमै कुटपिट गरिएको छ ।

नेपाली कांग्रेस सम्बद्ध तरुण दलका वडा सभापति नारद ठगुन्नाको नेतृत्वमा गएको समूहले वडाध्यक्ष महरामाथि कुटपिट गरेको हो । 

वडाध्यक्ष महरामाथि कुटपिट गर्नुका साथै कार्यालयमा तोडफोडसमेत गरिएको छ । आक्रमणबाट अध्यक्ष महराको टाउको, घाँटी, पिठ्युँलगायतमा चोट लागेको छ ।

महराले वडा कार्यालयमा सेवाग्राहीको काम गरिरहेका बेला ठगुन्नाको नेतृत्वमा आएको १०/१२ जनाको समूहले एकाएक आक्रमण गरेको बताए ।

'शनिवार राती सुरज चौधरी लगायतलाई ठगुन्ना लगायतका समूहले मदिरा सेवन गरी कुटपिट गर्न थालेपछि वडा अध्यक्षले सम्झाएर पठाउनुभएको थियो,' चौधरीले भने, 'सो समूहले राति गाउँमा होहल्ला गर्ने र गाउँलेलाई आतंकित पार्ने कार्य गरिरहेकाले उनीहरूलाई सम्झाउनका लागि वडाध्यक्षलाई डाकेका थियौँ, तत्काल वडाध्यक्षले सम्झाएपछि त्यहाँबाट गएपनि राति वडाध्यक्षलाई ठीक पार्नुपर्छ भनेर हिँडेका थिए ।'

मदिरा पिएर होहल्ला गर्ने समूहले आतंक मच्चाउन थालेपछि प्रहरीलाई त्यसबारे खबर गरे पनि प्रहरी नआएको स्थानिय बासिन्दाले बताएका छन् ।

वडाध्यक्षमाथि वडा कार्यालयमै आक्रमण भएपछि मात्रै प्रहरी पुगेको स्थानीय बासिन्दाको भनाइ छ । 

यसैबीच नगर कार्यपालिकाले प्रेस विज्ञप्ती जारी गरी वडा कार्यालयमा केही उच्छृङ्खल व्यक्तिले अनाधिकृत रूपमा प्रवेश गरी वडा कार्यालयमा तोडफोड गर्नुका साथै वडाध्यक्षमाथि कुटपिट गर्ने कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्