१६ असार २०८३, मंगलबार

अर्को वर्षसम्म कोरोनाको ४० करोड खोप तयार गरिसक्ने बिल गेट्सको प्रतिबद्धता

अर्को वर्षसम्म कोरोनाको ४० करोड खोप तयार गरिसक्ने बिल गेट्सको प्रतिबद्धता

दक्षिण कोरियास्थित अरबपति व्यवसायी बिल गेट्सको फार्मास्युटिकल कम्पनी एसके बायोसाइन्सले अर्को वर्षको जुनसम्म ४० करोड कोरोनाको खोप उत्पादन गर्न सक्ने बताइएको छ ।

गेट्सले राष्ट्रपति मुन जाय इनलाई एक पत्र लेख्दै आगामी जुन सम्म ४० करोड खोप उत्पादन गर्न आफ्नो कम्पनी सक्षम हुने बताएका हुन् ।

राजधानी सियोलस्थित राष्ट्रपति निवासले गत २० जुलाईमा आएको गेट्सको पत्रलाई उल्लेख गर्दै यस्तो जानकारी दिएको हो । पत्रमा गेट्सले कोरोनाको खोप उत्पादनका लागि कोरियासँग मिलेर काम गर्न तयार रहेको बताएका छन् ।

राष्ट्रपति मुनले अरबपति गेट्ससँग गत अप्रिलमै फोनमा कुराकानी गर्दै कोरोनासँग लड्न मिलेर अघि बढ्नुपर्ने धारणा राखेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्