२३ असार २०८३, मंगलबार

लागुपदार्थ सेवन गरेर गाडी चलाउने सात चालक पक्राउ

असार १६, २०८३
धादिङ
लागुपदार्थ सेवन गरेर गाडी चलाउने सात चालक पक्राउ

लागुपदार्थ सेवन (लापसे) गरेर सार्वजनिक सवारी साधन चलाउने सात जना चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार असार १५ गते दिउँसो करिब १:३० बजे गजुरी गाउँपालिका–१ स्थित पृथ्वी राजमार्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरी, इलाका प्रहरी कार्यालय गजुरी तथा बैरेनी अस्पताल प्रालिको संयुक्त सहकार्यमा सार्वजनिक सवारी चालकहरूको स्वास्थ्य परीक्षण तथा लागुपदार्थ सेवन परीक्षण गरिएको थियो।

परीक्षणका क्रममा सात जना चालकले लागुपदार्थ सेवन गरी सवारी चलाएको पुष्टि भएपछि उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कानूनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश दाहालले जानकारी दिए ।

डीएसपी दाहालका अनुसार पक्राउ पर्नेहरूमा ट्रक, बस, माइक्रोबस र मिनीबसका चालक छन् ।

पक्राउ परेकामध्ये एक जना यसअघि पनि लागुपदार्थसम्बन्धी मुद्दाका प्रतिवादी रहेको पाइएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार चैत महिनादेखि हालसम्म लागुपदार्थ सेवन गरी सार्वजनिक सवारी चलाएको आरोपमा पक्राउ पर्ने चालकको संख्या ३० पुगेको छ। पक्राउ परेका सबैविरुद्ध सम्बन्धित कानूनअनुसार मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रहरीले लागुपदार्थ वा मादक पदार्थ सेवन गरी सवारी साधन सञ्चालन नगर्न सबै चालकलाई आग्रह गर्दै यस्ता गतिविधिविरुद्ध नियमित रूपमा विशेष चेकजाँच अभियान सञ्चालन गरिने जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्