
वीरगन्जस्थित नारायणी अस्थायी कोरोना अस्पतालमा आइतबार बिहान मृत्यु भएका ६५ वर्षीय भारतीय नागरिकमा कोरोना भाइरस पुष्टि भएको छ।
उनको पीसीआर रिपोर्ट पोजिटिभ आएको अस्पतालका संयोजक डाक्टर उदयनारायण सिंहले जानकारी दिए।
अहिले उनको शव अस्पतालमै राखिएकामा सोमबार सेनाको टोलीले व्यवस्थापन गर्ने अस्पतालले जनाएको छ।
शनिबार ज्वरो, खोकी, स्वासप्रस्वासमा समस्या देखिएपछि उनलाई अस्पताल लगिएको थियो।
नेपालमा कोरोनाबाट विदेशी नागरिकको मृत्यु भएको यो दोस्रो घटना हो।