१२ साउन २०८३, मंगलबार

९ किलो अफिमसहित तीन जना पक्राउ

साउन ११, २०७७
९ किलो अफिमसहित तीन जना पक्राउ

रुकुमपूर्व जिल्लामा लागु औषध अफिमसहित तीन जना पक्राउ परेका छन्। नौ किलो १ सय ग्राम अफिमसहित पुथाउत्तरगंगा गाउँपालिकाका एक पुरुष र दुई महिलालाई प्रहरीले पक्राउ गरेको हो। 

पक्राउ पर्नेहरुमा पुथा उत्तरगङ्गा गाउँपालिका–१ मैकोटका ४० वर्षीय अमरजित पुन, सोही ठाउँकी ३४ वर्षीया प्रतिभा पुन र वडा नं ५ हुकामकी ३५ वर्षीया गाइने कामी रहेको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका प्रहरी नायब उपरीक्षक गजुसिद्धी बज्राचार्यले बताए।

अफिम ओसारपसार हुँदैछ भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक दिनेश गुरुङको नेतृत्वमा खटिएको प्रहरी टोलीले अफिमसहित उनीहरुलाई पक्राउ गरेको हो।

पुथाउत्तरगङ्गा गाउँपालिका–१२ ओखमा भल्का नयाँ बजारदेखि जामाबगर जाने कच्ची सडकबाट ९ गते साँझ उनीहरुलाई पक्राउ गरिएको आइतबार पत्रकार सम्मेलन गरी प्रहरीले जानकारी दिएको छ । 

यस्तै उनीहरुको साथबाट अवैध लागु औषध नापतौल गर्न प्रयोग हुने एक थान डिजिटल तराजुसमेत बरामद गरिएको प्रनाउ बज्राचार्यले बताए।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पछिल्लो चरणमा सरकारी सवारी साधनमासमेत लागु औषध ओसारपसार भइरहेको जानकारी प्रहरीमा आएको भन्दै त्यसमाथि पनि शुक्ष्म निगरानी राखिरहेको उनको भनाइ छ। लागु औषधको ओसारपसारमा संलग्न हुने जुनसुकैलाई पनि प्रहरीले कारवाही गर्ने भन्दै त्यस्ता क्रियाकलापमा संलग्न नहुन प्रहरीले आग्रह गरेको छ।

salt training

कमेन्ट गर्नुहोस्