
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले निजी क्षेत्रको अनियमितताको अनुसन्धान गर्न पाउनुपर्ने बताएका छन्।
प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिमा आइतबार अख्तियारको वार्षिक प्रतिवेदनमाथि भएको छलफलमा घिमिरेले निजी क्षेत्रको अनियमितताको छानबिन र अनुसन्धान गर्न दिने गरी कानुनी व्यवस्था गर्नुपर्ने माग गरेका हुन्।
जनताको लगानी भएको ‘पब्लिक’ क्षेत्रको भ्रष्टाचार हेर्न पाउनुपर्ने उनको भनाइ छ।
अख्तियारले बैंक, वित्तीय क्षेत्र, बीमा कम्पनी र सहकारीमा हुने अनियमितताको छानविन र अनुसन्धान गर्न पाउनु पर्ने माग यस अघिदेखि नै गर्दै आएको छ।