०५ साउन २०८३, मंगलबार

तिनाउ नदीमा पानीको बहाव बढ्यो, सतर्कता अपनाउन आह्वान

साउन १२, २०७७
तिनाउ नदीमा पानीको बहाव बढ्यो, सतर्कता अपनाउन आह्वान

रुपन्देही बुटवल शहर भएर बग्ने तिनाउ नदीमा पानीको सतह बढेपछि सर्तकता अपनाउन सूचना जारी गरिएको छ ।

पानीको सतह बढेपछि बाढी पूर्वानुमान महाशाखाले ‘अलर्ट’ जारी गरेको छ ।

सोमबार बिहानै महाशाखाले सूचना जारी गर्दै भनेको छ ‘तिनाउ नदी बुटवलको बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको र बढ्दो रहेकाले कञ्चनखोला, तिनाउखोलाको तटीय क्षेत्र र कन्चनखोला आसपासका साना खोलामा बाढी आउन सक्छ, बिहान १० बजेसम्म सतर्क रहौं ।’ 

अहिले यो क्षेत्रमा भारी वर्षा भइरहेको छ । यस नदीको तटीय क्षेत्रमा झण्डै १२ हजार मानिसहरु बसोबास गर्छन् । सुकुम्बासीको नाममा नदीको बहाव क्षेत्र खुम्चाएर बस्ती बस्दा तिनाउ नदी साघुरिँदै गएको छ । 

सोमबारदेखि लगातार चार दिन ठूलो पानी पार्ने भन्दै जल तथा मौसम विज्ञान विभागले सतर्कता अपनाउन आग्रह गरेको छ । प्रदेश पाँचमा पनि ठूलो पानी पर्ने विभागले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी प्रतित  सिंह राठोरले अहिले तिनाउमा पानीको सतह खतरा नजिक आइनपुगेको लोकान्तरलाई जानकारी दिए ।  
 

salt training

कमेन्ट गर्नुहोस्