×

NMB BANK
NIC ASIA

पोखरा महानगरको कामकारवाहीप्रति कांग्रेसबाट निर्वाचित वडाध्यक्षको विरोध

साउन १२, २०७७

NTC
Premier Steels

पोखरा महानगरपालिकाको कामकारवाहीमा असन्तुष्टि जनाउँदै महानगरमा कांग्रेसबाट निर्वाचित वडाध्यक्षले विरोध जनाएका छन् ।

Muktinath Bank

नेपालमै क्षेत्रफलका हिसाबले सबैभन्दा ठूलो पोखरा महानगरपालिकाका कूल ३३ वडामध्ये ११ वटा वडामा स्थानीय तह निर्वाचनमा कांग्रेसबाट प्रतिनिधित्व गर्ने वडाध्यक्षले चुनाव जितेका थिए । बाँकी २२ वटा वडामा नेकपा गठबन्धनले चुनाव जितेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पोखरा महानगरपालिकामा प्रमुख र उपप्रमुखसहित वडामा समेत दुइतिहाई वर्चस्व कायम गरेको नेकपाले महानगरपालिकाको कामकारवाही र विभिन्न विकासका योजना तथा ठेक्का सम्झौतामा एकलौटी गरेको, आफ्नै कार्यकर्ता पोस्ने काम गरेको, विभिन्न घाटहरूको ठेक्का सम्झौतामा अनियमितता गरेको, महानगर स्वामित्वका भवनको घरभाडा आर्थिक चलखेल गरेको, पार्किङ ठेक्का बापतको रकम अझै असुल नगरेको, बैंक ग्यारेन्टी नराखेको कांग्रेसबाट प्रतिनिधित्व गर्ने वडाध्यक्षको आरोप छ । 


Advertisment
Nabil box
Kumari

पोखरामा सोमवार आयोजित पत्रकार सम्मेलनमा महानगरमा कांग्रेस सचेतक एवं पोखरा–९ का वडाध्यक्ष रामराज लामिछानेले विभिन्न अनियमितता सम्बन्धमा विभिन्न १२ बुँदासहित महानगरलाई ध्यानाकर्षण गराइएको जानकारी दिए । निर्वाचनपछि पहिलो वर्ष पर्ख र हेरको अवस्थामा आफूहरू रहेकोमा दोस्रो वर्ष महानगरपालिकालाई राम्रोसँग सञ्चालन गर्दै ‘हाम्रो र राम्रो महानगर’ बनाउन विभिन्न चरणमा धेरै सुझाव दिएको भए पनि कार्यान्वयन हुन नसकेको उनले गुनासो गरे । 

Vianet communication

उनका अनुसार पोखरा रामघाटको ठेक्का सम्झौता गर्दा राजी कन्स्ट्रक्सनसँग प्रचलित कानून एवं प्रकाशित सूचना विपरीत हुने गरी ३ करोड ५ लाख बराबरको रकम बैंक ग्यारेन्टी एवं नगद २ हप्ताभित्र जम्मा गर्ने गरी सम्झौता भएकोमा रकम जम्मा एवं बैंक ग्यारेन्टी पेश नगरी अनियमितता भएको छ । 

जनप्रतिनिधि आउनुअघि बेरुजु करीब २३ करोड भएकोमा हाल बेरुजु १ अर्ब २६ करोड हुन गएको, पोखराको सिर्जनाचोकस्थित महानगरको भवन ७६ लाख पर्ने गरी भाडामा दिँदा ठेक्का दिइएकोमा सोबापत हालसम्म १ करोड ८६ हजार अझै असुल गर्न नसकेको, मालपोत कार्यालयअघि महानगरको सटर विगतमा २५ हजार मासिक भाडा दिइँदै आएकोमा हाल मात्र १०–१२ हजारमै सम्झौता गरी आर्थिक हिनामिना गरिएको बताइएको छ । 

विज्ञापन कर बापतको सम्झौता कायमै रहेको अवस्थामा घुमाउरो पारामा उही ठेकेदारलाई नै सहयोग पुग्ने गरी शर्तहरू राखी ठेक्का दिइएको भए रकम असुलउपर नभएको पाइएको छ । 

कांग्रेसबाट निर्वाचित वडाध्यक्षमा पोखरा–९ का रामराज लामिछाने, पोखरा २ का रामेश्वर मल्ल, ३ का रवीन्द्रबहादुर प्रजु, पोखरा ४ का शंकर बास्तोला, ६ का जगतबहादुर पहारी, १० का राजकुमार गुरुङ, ११ का मोहनप्रसा बास्तोला, १२ का रामबहादुर कार्की, २३ का विष्णुप्रसाद पराजुली, २७ का पूर्णकुमार गुरुङ र ३२ का अक्कलबहादुर कार्की रहेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x