०८ असार २०८३, सोमबार

ट्रयाक्टर दुर्घटनामा दुई जनाको मृत्यु

ट्रयाक्टर दुर्घटनामा दुई जनाको मृत्यु

हेटौंडामा ट्रयाक्टर दुर्घटना हुँदा आज अपराह्न दुई जनाको मृत्यु भएको छ ।

हेटौंडा बजारबाट निर्माण सामग्री लिएर पूर्वी मकवानपुरको वाग्मतीतर्फ जाँदै गरेको ट्रयाक्टर धरान –चतारा सडकखण्ड अन्तर्गत हेटौंडाको हटियामा दुर्घटना हुँदा वाग्मती गाउँपालिका– ६ का अन्दाजी ५० वर्षीय लोप्चन र वाग्मती – ८ का अन्दाजी १७ वर्षीय किशोरसुजल नेगीको ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा वाग्मती– ६ का १६ वर्षीय मनोज जिम्बा घाइते भएका छन् ।

हेटौंडाबाट निर्माण सामग्री बोकेर वाग्मती गाउँपालिकाको फापरबारी भन्ने ठाउँमा जाँदै गरेको ना ५ त ८०८८ नम्बरको ट्रयाक्टर दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते दुई जनाको उपचारका क्रममा हेटौंडा अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए ।

प्रहरी नायब उपरीक्षक रानाका अनुसार घाइते एक जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । ट्रयाक्टर चालक भने फरार रहेको जनाइएको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्