२४ जेठ २०८३, आइतबार

मन्त्रिपरिषद्को नियमित बैठक, केही महत्त्वपूर्ण निर्णय हुन सक्ने

मन्त्रिपरिषद्को नियमित बैठक, केही महत्त्वपूर्ण निर्णय हुन सक्ने

मन्त्रिपरिषद्को नियमित बैठक सोमवार साँझ बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकका लागि केही महत्त्वपूर्ण एजेण्डा रहेको एक मन्त्रीले जानकारी दिए ।

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) र राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिव नियुक्तिलगायत केही महत्त्वपूर्ण विषयमा निर्णय हुने ती मन्त्रीले जानकारी दिए ।

लगानी बोर्डको सीईओका लागि सिफारिश समितिले शर्ट लिस्ट तयार पारिसकेको छ ।

यस्तै राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवका लागि पनि तीन जनाको नाम सिफारिश भएको छ । 

सोमवार बस्ने मन्त्रिपरिषद्का निर्णय भने औपचारिक रूपमा बिहीवार पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्