१३ असार २०८३, शनिबार

ब्राजिलको सडकमा बज्रियो सानो विमान (भिडियो)

साउन १२, २०७७
ब्राजिलको सडकमा बज्रियो सानो विमान (भिडियो)

ब्राजिलमा एक सानो विमान परीक्षण उडानका क्रममा व्यस्त सडकमा बज्रिएको छ । अलिकति मात्रैले विमान कार र पैदलयात्रुसँग नठोकिएको थियो ।

विमानमा दुईजना सवार थिए ः चालक फाबियो रेइस र यात्रु अलेहान्द्रो कनहागो । उनीहरू विमानको भग्नावशेषबाट निस्कन सफल भएका थिए ।

घटना गुआबिरुबा शहरमा भएको हो । शनिवार बिहान साढे १० बजेतिर इन्जिन बन्द भएपछि विमान दुर्घटनामा परेको थियो । 

सीसीटीभी फूटेजमा विमान एक कोणबाट भुइँमा बज्रिएको र भित्तोमा ठोकिएको देखिन्छ । विमान टुक्राटुक्रा भए पनि क्याबमा चाहिँ आंशिक क्षति मात्र पुगेको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्