
कुरियरमार्फत होम डेलिभरी गर्ने भनी सामान नपुर्याई ठगी गर्ने सविज कुरियर सर्भिस अनलाईन सेवाका संचालक ललितपुर महालक्ष्मी नगरपालिका–५ ईमाडोल बस्ने धनुषा सवैला गाँउपालिका–३ सवेला घर भएका २४ वर्षीय धिरज साहलाई प्रहरीले पक्राउ गरेको छ ।
भारतीय अनलाइनबाट किनेको औषधी, मोबाईल, घडी, लेडिज कपडाहरु नेपालमा होम डेलीभरी गराइदिने भनी विश्वासमा पारी २ लाख ७९ हजार ९ सय १० रुपैयाँ ठगी गरको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
बेबी कार सिट मगाउने पीडितले ई(सेवाबाट पठाएको ९ हजार रुपैयाँ, भारतको दिल्लीबाट साडी कुर्था, कपडाहरु नेपाल ल्याउनको लागि होम डेलीभरी गराइदिने भनी ७७ हजार ७ सय रुपैयाँ, सिको घडी मगाउनको लागि नगद ४९ हजार ५ सय ५० रुपैयाँ, एडिडास कम्पनीको जेन्स कपडा, जुत्ता होम डेलीभरीको लागि १४ हजार ८ सय ७५ रुपैयाँ र औषधी तथा मोबाइल होम डेलीभरीको लागि ७३ हजार ७ सय ८५ रुपैयाँ लिई कसैलाई पनि सामान डेलीभरी नगरी ठगी गरेको अनुसन्धानबाट खुल्न आएको महाशाखाले जनाएको छ ।
