काठमाडौं–नेपाल प्रहरीका दुइ जना प्रहरी नायब महानिरीक्षक (डीआइजी) निरजबहादुर शाही र प्रद्युम्न कार्की अतिरिक्त प्रहरी महानिरीक्षक ९एआइजी० मा बढुवा भएका छन् ।
आज सोमबार बसेको मन्त्रीपरिषदको बैठकले डीआइजीद्वय शाही र कार्कीलाई एआइजीमा बढुवा गरेको हो ।
असार ३१ गते गृहसचिव महेश्वर न्यौपाने नेतृत्वको बढुवा सिफारिस समितिले वरीयता र कार्यक्षमताको आधारमा उनीहरूको नाम सिफारिस गरेको थियो।
उनीहरू दुवैजना प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्रीसँगै प्रहरी सेवामा प्रवेश गरेका थिए ।