काठमाडौं १९ वैशाख– काठमाडौं महानगरपालिकाको मेयरका लागि सत्तारुढ नेकपा माओवादी केन्द्रका तर्फवाट सर्वोत्तम डंगोलको उम्मेदवारी मनोनयन भएको छ ।
माओवादी केन्द्रका नेताहरु भृकुटी मण्डपस्थित राष्ट्रिय सभागृहमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्मेदवारी मनोनयन गरेका हुन् ।
माओवादी केन्द्रले उपमेयरमा सुशीला पौडेलको उम्मेदवारी मनोनयन गरेको छ । यो संगै उम्मेदवारी मनोयनकालागि दुइ घण्टाको समय बाँकी रहदा काठमाडौंको मेयरका लागि १० जनाले उम्मेदवारी दिएका छन् ।
मेयरका लागि साझा पार्टीको समर्थनमा किशोर थापा, विवेकशील पार्टीकी रञ्जु दर्शना, देशभक्त पर्यावरणीय मोर्चाका सुरेन्द्र प्रसाद ढकालले उम्मेदवारी दर्ता गरेका छन् । यस्तै विनोद कुमार क्षेत्री, भरतबहादुर विसुराल र अलोक महर्जनले काठमाडौंको मेयरका लागि उम्मेदवारी दर्ता गरेका छन् ।