
कोरोना भाइरस (कोभिड–१९)को महामारी शुरू भएसँगै जोखिम न्यूनीकरण तथा रोकथामका लागि भन्दै सरकारले चैत ११ गतेदेखि मुलुकमा लकडाउन जारी गर्यो । लकडाउनसँगै अधिकांश उद्योग, व्यापार बन्द भए ।
यसैबीचमा शुरूमा सीजी इलेक्ट्रोनिक्स अन्तर्गत एलजी ब्राण्डले सामान बेच्न बन्द गर्यो। यद्यपी केही समयपछि उसले आफ्नो व्यापार पुनः सञ्चालन गर्न थाल्यो । अनलाइन मार्फत तथा घरमै डेलिभरी सुविधासहित उसले सामान बिक्री गर्यो । एलजीका डेपुटी जनरल म्यानेजर पुरुषोत्तम भण्डारी ग्राहकको मागलाई मध्यनजर गर्दै बजार शुरू गरिएको बताउँछन् ।
उनले भने, ‘विश्व नै कोरोना भाइरस (कोभिड–१९)को महामारीमा गुज्रिरहेको छ । हाम्रो मुलुक र हामी पनि यो सँगसँगै हिँड्नुपर्ने बाध्यता छ । हामीले अहिले विशेषगरी कोरोना महामारीबाट बच्नका लागि स्वास्थ्यमा सुरक्षात्मक विधी अपनाउँदै काम गरिरहेका छौं । ग्राहकको सुरक्षामा हाम्रो मुख्य ध्यान गएको छ । यस्तै प्रोडक्टको सेफ्टी पनि गरिरहेका छौं ।’
सरकारले लकडाउन गरेदेखि जेठ दोस्रो सातासम्म सामाग्री बिक्री भएन । तर जेठ १५ पछि भने व्यवसाय शुरू गरेको उनी बताउँछन् । उनी भन्छन्, शुरूमा त हामीले व्यापार बन्द नै गर्यौं, जेठ १५ पछि पुनः सञ्चालनमा आयो । सुरक्षालाई ध्यानमा राख्दै हामीले सामान डेलिभरी गर्दा फीडब्याक राम्रो पायौं ।’

एलजीले अत्याधुनिक प्रविधिसँग ग्राहकको जीवनस्तर समायोजन गरिरहेको उनको दावी छ । उनी भन्छन्,‘हामीले अत्याधुनिक प्रविधितर्फ ग्राहकको जीवनस्तर ढाल्न हामी प्रयासरत छौं । प्रविधि सँगसँगै मानिसलाई कसरी कुदाउने भन्नेतर्फ यस ब्रान्डको ध्यान केन्द्रित छ ।
एलजी ब्रान्डको वासिङ मेशिन अत्याधुनिक प्रविधियुक्त छ । यसमा धोएको लुगाले एलर्जी हुँदैन अर्थात एलर्जी फ्री हुन्छ । यस्तै वासिङ मेसिनमा हालेको लुगा कस्तो खाले छ ? सोही अनुकुल उसले कपडा धुन्छ । मेसिनमा वाइफाईको पनि सुविधा छ । जसको सहायताले घरमा भएको वासिङ मेसिनमा घरबाहिरैबाट वाइफाई कनेक्ट गरी कपडा धुन सकिन्छ ।
अहिले वर्षा सिजन छ । दिनदिनै लुगा धुनुपर्ने अवस्था छ । त्यसका लागि वासर ड्रायर उपलब्ध छ । जसले छिनमै लुगा सुकाउँछ । जसले ग्राहकको जीवनशैलीलाई थप सहज बनाउँछ ।
रेफ्रीजेरेटरमा पनि एलजीले अत्याधुनिक प्रविधिको प्रयोग गरेको छ । १४ दिनसम्म फ्रिजमा कुनै सामान फ्रेस राख्न फ्रिज उपयुक्त हुने भण्डारी दावी गर्छन् । उनी भन्छन्,‘लकडाउनमा तरकारी तथा फलफूल त सधैं किन्न जान मिलेन, त्यतिखेर बहुउपयोगी भयो, अहिले पनि त सधैं बजार गइन्न, दुई सातासम्म कुनै वस्तु ताजा रहन्छ भने त क्या काइदा, हामीले त्यही भएर यस्तो फ्रिज ल्याएका हौं ।’
हामीसँग अहिले अल्ट्रा एचडी टिभी छ । न्यानो टेक प्रविधिमा बजारमा ल्याएका छौं । जसले गुणस्तरीय चित्र, वा भिडियो देखाउँछ ।
एलजीले लकडाउनका समयमा आफ्नो सामान खरिद गर्ने ग्राहकलाई कोरोना बीमा समेत गरिदिने गरेको थियो । उनी भन्छन्,‘एलजीका सामान किन्ने ग्राहकलाई हामीले कोरोना बीमा गराइदिने काम समेत गर्यौं, करिब १ देखि साढे १ महिनाको हाराहारीमा हामीले पोलिसी निशुल्क दियौँ । अहिले भने बन्द गरेका छौं ।’
यस्ता स्किमहरूले ब्राण्ड प्रतिको विश्वास बढेको उनी बताउँछन् ।

एलजीले बिक्री पछिको सेवालाई पनि मुख्य प्राथमिकतामा राखेको भण्डारी बताउँछन् । ब्राण्डले सामान खरिदपछि सो सामानको फ्री इन्स्टलमेन्ट सेवा दिइएको छ । उनी भन्छन्,‘टिभी, वाशिङ मेशिनलगायतको इन्स्टलमेन्ट फ्री छ, अहिले आफ्नै सर्भिस सेन्टरका मानिसहरू खटाइएको छ, पहिले त ग्राहक स्वयंले बाहिरी मानिस ल्याएर इन्स्टल पनि गर्ने गरेका थिए ।’
मूल्यको आधारमा मध्यम तथा उच्च आर्थिक अवस्था भएका ग्राहकलाई लक्षित गरी सामान ल्याइएको उनी बताउँछन् । उनका अनुसार, २६/२७ हजार रुपैयाँ पर्ने ३२ इन्चको टिभी बेच्नेछ । यस्तै स्मार्ट टिभी, अल्ट्रा एचडी, ओलेडका ८६ इन्चसम्मका टिभी बिक्रीमा छन् ।
यस्तै रेफ्रिजेरेटरको मूल्य पनि २५ हजार रुपैयाँ हाराहारीमा पर्नेदेखि ५ लाख/६ लाख पर्ने फ्रिजहरू पनि रहेको उनीले बताए ।
ग्राहकको सुरक्षामा ध्यान केन्द्रित गरेको बताउँदै उनले स्वास्थ्य सुरक्षासहित सामान खरिदबिक्री गर्नका लागि आफूहरू सधैं तयार रहेको बताए । उनी भन्छन्, एलजी ब्रान्डमा ग्राहकको विश्वास पहिलेदेखि कै हो । हामीले यसलाई डगमाउन दिएका छैनौं र दिने छैनौं ।