ललितपुर १९ वैशाख– ललितपुर महानगरपालिकाको मेयरका लागि नेपाली काँग्रेसका तर्फवाट चिरीबाबु महर्जनको उम्मेदवारी मनोनयन गरिएको छ ।
काँग्रेस नेताहरुले र्याली सहित जाउलाखेल स्थित निर्वाचन अधिृतको कार्यालयमा गएर उम्मेदवारी मनोनयन गरेका हुन् । उपमेयरमा गीता सत्यालको उम्मेदवारी मनोनयन गरिएको छ ।
ललितपुर महानगरपालिकामा दिउँसो साढे ३ बजेसम्म मेयरका लागि पाँच जनाको उम्मेदवारी दर्ता भएको छ ।